ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैधानिक बाटो रोज्न डा गोविन्द केसीलाई राज्यमन्त्री अर्यालको आग्रह


एबीसी न्यूज
२७ असार २०७५, बुधबार   ७ : ०५   बजे

काठमाडौँ, २७ असार ।  स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले डा गोविन्द केसीलाई आफ्ना माग सम्बोधनका लागि वैधानिक बाटो रोज्न आग्रह गर्नुभएको छ ।

आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा राज्यमन्त्री अर्यालले डा केसीले आफ्ना माग संसद्मा प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेयकमार्फत रोज्ने भन्दै विधेयकमा सांसदमार्फत संशोधन हालेर आफ्ना माग पुरा गर्न आग्रह गर्नुभयो ।

विश्वविद्यालय, मेडिकल कलेज तथा अस्पतालमा गएर अनसन बसेर डा केसीको माग पुरा नहुने उहाँको भनाइ थियो । डा केसीले जस्तै आफूलाई चित्त नबुझेको कुरामा प्रत्येक नेपालीले अनसन बस्न थाल्यो भने के हुन्छ भने प्रश्न गदै उहाँले आफूलाई लागेको बेला अनसन बस्न नपाइने बताउनुभयो । डा केसीको जायज माग सम्बोधन हुने राज्यमन्त्री अर्यालले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य योगेश भट्टराईले केदारभक्त माथेमा प्रतिवेदनबाट चिकित्सा क्षेत्र सुधारका लागि सुझाव लिएको भन्दै शतप्रतिशत कार्यान्वयन गर्न नसकिने बताउनुभयो ।

“माथेमा प्रतिवेदन सुझाव दिन मात्र बनाएको हो । प्रतिवेदनमा १० वर्षसम्म काठमाडाँैमा कलेज नखोल्ने भनेर सुझाव मात्र दिइएको हो,” उहाँले भन्नुभयो– “माथेमाले दिएको सुझाव मान्नुपर्दछ भन्ने छैन, सुझाव हो, राम्रो लागे मान्ने हो, नभए मान्ने होइन ।”

भट्टराईले कसैले केहीका लागि अनसन बस्दैमा माग पुरा गर्नुपर्ने भन्ने नभएको बताउनुभयो । डा केसीले भनेका सबै माग पुरा गर्नुपर्ने भन्ने कुरा केही उल्लेख नगरिएको भन्दै उहाँले भन्नुभयो, “केसीले भनेका मात्र कलेजलाई सम्बन्धन दिने, अरुलाई नदिने भनेर कहाँ लेखेको छ ।”

नेता भट्टराईले डा केसी हरेक पटक अनशन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै उहाँको अनशनको उद्देश्य नै शंकास्पद रहेको धारणा राख्नुभयो । अहिलेसम्म सम्बन्धन दिएका कलेजलाई संसदीय छानविन समिति गठन गरेर छानविन गर्नुपर्ने उहाँको भनाइ थियो ।

“मेडिकल कलेजमा पढ्दा पास हुने, अनि नेपाल मेडिकल काउन्सिलमा परीक्षा दिँदा फेल हुने,” उहाँले भन्नुभयो– “त्यसैले ती सम्बन्धन दिएका कलेजमाथि छानविन हुनुपर्छ ।” मेडिकल कलेज कसैलाई सिफारिस देउ, कसैलाई नदेउ भन्ने अधिकार डा केसीको नभएको नेता भट्टराईले बताउनुभयो ।

नेपाली काँंग्रेसका नेता सुरेन्द्र पाण्डेले डा केसीका कतिपय माग जायज भएकाले छलफल गरेर टुङ्याउनुपर्ने बताउनुभयो । उहाँले केसीका मुद्दालाई देखाएर काँग्रेसलाई राजनीति गर्ने रहर नभएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा ढुण्डीराज पौडेलले डा केसीका माग सरकारले वार्ताबाट टुङ्याउनुपर्ने बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Rochdale Grooming Gang Retrial Underway in Manchester

Israeli Lawmaker Destroys Palestinian Memorial Under Military Escort

India Police Clash With Protesters in Bihar Amid Ongoing Job and Education Demands

Kurdish-Led Forces in Syria Officially Dissolve After Merger with National Army

Syria’s Economy Set for Recovery Following US Sanctions Lift

Syria Removed From US ‘State Sponsors of Terrorism’ List, Signaling Shift in Relations

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu