ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अटो चालकले गरे १६ तोला सुन र नगद सहितको झोला फिर्ता


एबीसी न्यूज
२९ असार २०७५, शुक्रबार   ११ : ३८   बजे

नेपालगन्ज,२९ असार । बाँकेको नेपालगन्जमा एक अटो चालकले अटोमा यात्रुले छोडेर गएको १६ तोला सुन र केही नगद रुपैयासहितको ब्याग फिर्ता गरेका छन् ।

नेपालगन्जका अटो चालक इकबाल राईले आफ्नो अटोमा बसेका यात्रुले बिर्सेर गएको १६ तोला सुन र केही नगद राखेको ब्याग बिहीबार साझ सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेका हुन ।

बाँकेका खजुरा गाउँपालिका वडा नम्बर ३ का गंगा खड्का दम्पतीले सो ब्याग बिहीबार साझ अटो रिक्सामा नै छोडेका थिए । भारतमा आफन्तको विहेमा सहभागी भएर फर्किएका खड्का दम्पति रुपैंडियाबाट धम्वोजीसम्म अटो रिक्सामा आएका थिए ।

रिक्साबाट ओर्लिने क्रममा ब्याग विर्सियो खड्काले भने– एकछिनपछि फर्किएर हेर्दा रिक्सा देखिन, खोज्दा खोज्दा तनाव भयो, प्रहरीलाई खवर गरे पत्तो लागेन् ।

तर २ घण्टापछि ति अटो चालक खड्का ओर्लिएकै ठाउँ धम्वोजीमा रहेको प्रहरी बिटमा आएर प्रहरीसँगको समन्वयमा सुन र नगदसहितको ब्याग सम्वन्धीत व्यक्तिलाई बुझाए ।

खड्काले खुसी हुँदै भनेः यो जमानामा पनि देउता जस्तो व्यक्ति हुंदो रहेछ । उनले अटो चालक राईलाई धन्यवाद दिदै २ हजार रुपैंया पुरस्कार समेत दिएका थिए ।

अटो चालक राईले समेत नेपालगन्जका विभिन्न ठाउँमा सम्बन्धित यात्रुलाई खोज्दा समेत नभेटेपछि धम्बोझी चोकमा रहेका प्रहरीलाई बुझाउन आउदा सम्बन्धित व्यक्ति नै फेला परेकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

सम्बन्धित

भोटेकोशी बाढी प्रभावितका लागि आइएफआरसीको १९ करोड रुपैयाँ सहयोग

भोटेकोशी बाढीको संकटबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर महँगियो; युरो र पाउन्ड घट्यो

त्रिशूली बाढीको ठूलो प्रहारः रसुवा, नुवाकोट र धादिङमा ३५ पुल बगे 

नेपालको विदेशी विनिमय सञ्चिति ३९ खर्ब नजिक, २३ महिनाको वस्तु आयात धान्न पर्याप्त

बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu