ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसारका १० सेक्सी राजनीतिज्ञ


एबीसी न्यूज
५ श्रावण २०७५, शनिबार   ८ : ४०   बजे
एजेन्सी । संसारका कतिपय स्थानमा महिलाहरु मोडेल या अनस्क्रिनबाट संसदसम्म पुगेका छन् । यी महिलाहरूमा सौन्दर्यता मात्र नभई मस्तिष्क र शक्ति पनि छ ।

कलाकार वा मोडलिङ पेशा त्यागेपछि उनीहरू सरकारी मुद्दामा सामेल भए । यद्यपि, यो सत्य हो की पुरुषका आँखा उनीहरुका आकर्षक शरीरमा परिरहेको हुन्छ । यी हुन् संसारको राम्री राजनीतिज्ञहरुका केही उदाहरणः

१ मारिया कार्फाग्ना (इटाली)

मारिया इटालीकी राजनीतिज्ञ हुन् । उनी पहिले टपलेस मोडल भएपनि हाल उनलाई रुढिवादी राजनीतिज्ञको रुपमा चिनिन्छ । उनले आफूलाई ‘एन्टी फेमिनिष्ट’ भएको पनि दाबी गर्ने गरेकी छिन् । उनले ‘यौन व्यवसाय’को निन्दा समेत गर्ने गरेकी छिन् । मारियालाई संसारकै सबैभन्दा सुन्दरी राजनीतिज्ञको रुपमा लिने गरिन्छ ।

२. एलिना काबेभा (रसिया)

एलिना जिम्नाष्टिक खेलाडीको रुपमा निकै चर्चामा छिन् । उनी रसियाकी सफल जिम्नाष्ट हुन । उनले हालसम्म १८ वर्ल्ड च्याम्पियनशीप मेडल, २ ओलम्पिक मेडल तथा २५ युरोपियन च्याम्पियनशीप मेडल जितिसकेकी छिन् । २००७ मा जिम्नाष्टिकबाट सन्यास लिएसँगै उनी ‘प्रो–क्रेमलिन युनाइटेड रसियन पार्टी’को प्रतिनिधित्व गर्दै रसियन संसदको सदस्य भइन् । केही समय अगाडी रसियाका राष्ट्रपति भ्लाडिमिर पुटिनले उनीसँग विहे गर्न आफ्नो श्रीमति समेत त्याग्न तयार रहेको बताएको हल्ला चलेको थियो । तर यसलाई दुवैजनाले अस्वीकार गरिसकेका छन् ।

३. इभा केली (ग्रिस)

इभा २००९ मा ग्रिसको संसद सदस्यमा निर्वाचित भएकी थिइन् । उनी पूर्व टेलिभिजन कार्यक्रम प्रस्तोता हुुन् । उनी ग्रिक संसदकी निकै आकर्षक महिला हुुन् । तर ग्रिक संसदमा अन्य आकर्षक महिलाहरु पनि कमि छैन ।

४. योएन्ना मुका (पोल्याण्ड)

योएन्ना पोल्याण्डको तल्लो सदनकी सांसद हुन् । उनले तल्लो सदनमा लुबिन सहरको प्रतिनिधित्व गर्छिन् । उनले इकोनोमिक्समा पीएचडी गरेकी छिन् । उनी लुबिनस्थित क्याथोलिक युनिभर्सिटीकी प्राध्यापक समेत हुन् ।

५. रुबी धल्ला (क्यानडा)

रुबी भारतिय मुलकी ३४ वर्षीया क्यानेडियन राजनीतिज्ञ हुन् । उनी क्यानेडियन राजनीतिको मुख्य शक्तिको रुपमा रहेको ‘लिबर्टी पार्टी’की सदस्य हुन् । उनले परिवर्तनको लागि निकै लामो समय संघर्ष गरेकी छिन् । १९८४ मा जब भारतको पञ्जाब गोल्डेन टेम्पलमा शिखहरुलाई भारतीय सेनाहरुले गोली हानेका थिए, तब १० वर्षकी रुबीले तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई हिंसा रोक्नको लागि पत्र लेखेकी थिइन् । उनलाई गान्धीले व्यक्तिगत पत्रमार्फत जवाफ पठाएकी थिइन् ।

६. लुसियाना लिन (पेरु)

युवा मतदाताहरुको मत जित्न सफल लुसियाना पेरुको संसदकी कान्छी सदस्य हुन् । २००९ मा स्पेनको एक पत्रिकाले उनलाई संसारकै राम्री राजनीतिज्ञको रुपमा समाचार छापेको थियो । तर उनको परिवार मुख्य भ्रष्टाचारका घटनामा मुछिएको बताइएको छ । जसमा लुसियानाको पनि हात हुन सक्ने अनुमान छ ।

७ एन्ना मरी ग्यालोजन (इस्टोनिया)

एन्नाले इस्टोनियन युरोपियन आन्दोलनको समयमा नेतृत्वदायि भुमिका निर्वाह गरेकी थिइन् । उनी अत्यन्त महत्वपूर्ण मानिसहरुमध्येकी एकको रुपमा मत पाएकी थिइन् । उनीविरुद्ध सरकारी पैसा सौन्दर्यको सामग्रीहरुमा दुरुपयोग गरेको आरोप लागेको छ । उनले प्लेब्वाय म्यागेजिनको लागि नग्न तस्वीर खिचाउँदै त्यसको विरोध गरेकी छिन् ।

८. ओर्ली लेभी (इज्रायल)

तीन बच्चाकी आमा ओर्ली इज्रायली नेसेट (विधानसभा)की सांसद हुन् । उनी पूर्व मोडल हुन् । उनको सौन्दर्यको चर्चा संसदमा निकै हुने गर्छ ।

९. युलिया मिमोशेन्को (युक्रेन)

युलिया दुई पटकसम्म युक्रेनको प्रधानमन्त्री भइसकेकी छिन् । उनी आफ्नो कामुकतामार्फत सबैको ध्यान खिच्न सक्ने राजनीतिज्ञ हुन् । तर उनले २०१० मा ठूलो समर्थन गुमाउँदा चुनावमा पराजित हुुनुपर्‍यो । उनी भ्लादिमिर पुटिनलाई मनपर्ने राजनीतिज्ञ पनि हुुन् ।

१०. भेरा लिस्क्का (अष्ट्रिया)

भेरा अष्ट्रियाकी पूर्व पौडीवाज हुन् । उनले आफ्नो राष्ट्रको लागि जर्जियाको एटलान्टामा १९९६ मा भएको समर ओलम्पिकमा प्रतिष्पर्धा गरेकी थिइन् । १९९६ मा भएको युरोपियन च्याम्यिनसिपमा उनले ५० मिटर ब्रेष्टस्ट्रोकमा युरोपियन उपाधी जितेकी थिइन् । उनी अष्ट्रियाकी राजनीतिज्ञ पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group