ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरो नहटाउँदा यात्रु पैदल हिड्न बाध्य


bhawani desk
११ श्रावण २०७५, शुक्रबार   ९ : ५६   बजे

पाल्पा, ११ साउन ।  वर्षाले रैनादेवी छहरा गाउँपालिकाको सुन्दरेढुंगादेखि जुठापौवासम्मको सडकमा खसेको पहिरो एक महिना बितिसक्दा पनि नझिक्दा यात्रु पैदल यात्रा गर्न बाध्य छन् ।

वर्षाका बेला सडकमा खसेको पहिरोका कारण स्थानीय बासिन्दालाई गाउँपालिका कार्यालयदेखि जिल्ला सदरमुकाम तानसेनसम्म आवागमनका लागि समस्या भएको हो ।

जुवापौवादेखि नेपानेसम्मको सडकमा पाँच÷सात स्थानमा पहिरो खस्दा यातायात सञ्चालन हुन नसकेको स्थानीय बासिन्दा सोमबहादुर रायमाझीले जानकारी दिनुभयो । सुन्दरेढुंगादेखि जुठापौवा–सालझण्डीसम्म गत आवमा सडक विस्तार गरी बस सञ्चालनमा ल्याए पनि यसपालि पहिरोका कारण असार महिनादेखि नै यात्रुले नेपानेसम्म करीब दुई घण्टासम्म पैदल हिँडेर यात्रा गर्दै आइरहेका छन् ।

“जथाभावी सडक फराकिलो बनाएकाले पहिरो खस्दा यात्रुले समस्या झेलेका छन्, गाउँपालिकाले पहिरो हटाउनुपर्नेमा रमिते भएर बसेको छ,” सोमबहादुर रायमाझी भन्नुभयो,– “बिरामीलाई तानसेन अस्पताल लैजान, र वृद्ध(–बृद्धा तथा बालबालिकालाई आवतजावत गर्न कठिन भएको छ ।,” उक्त गाउँपालिका वडा नं६ मा तीन हजार ४४०, वडा नं ७ मा दुई हजार ४३ र वडा नं ८ मा तीन हजार १६५ जनसंख्या छ ।

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले भदौ अगाडि नै वर्षा रोकिने बित्तिकै सडकको पहिरो हटाएर यातायातका साधन सञ्चालन गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group