ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमजीवी पत्रकारको हकहितमा सरकार प्रतिबद्ध : मन्त्री बाँस्कोटा


एबीसी न्यूज
१२ श्रावण २०७५, शनिबार   ४ : ५९   बजे

पोखरा, १२ साउन ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारिताको विकासका लागि आवश्यक ऐन कानूनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीको भवन निरीक्षण एवं भेटघाट कार्यक्रममा उहाँले पत्रकारिताको विकास, सम्वद्र्धन, पेशागत सुरक्षा एवं जीवन्तताका लागि आवश्यक ऐन कानून निर्माणको तयारी गरिएको बताउनुभयो ।

श्रमजीवी पत्रकारको हकहितमा सरकार प्रतिबद्ध भएको बताउँदै उहाँले यही असारदेखि पत्रकारले बैंकबाटै पारिश्रमिक भुक्तानी पाउने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।
समानुपातिक विज्ञापनसम्बन्धी नयाँ ऐन आउन लागेको जानकारी दिँदै उहाँले आम सञ्चार ऐन आउँदै गरेको र मिडिया काउन्सिलसम्बन्धी नयाँ व्यवस्था गरिनलागेको जानकारी दिनुभयो ।

अनलाइनलाई पत्रकारिताको मूलधारमा ल्याउने सरकारको तयारी रहेको बताउँदै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल र अनलाइन एउटै नभएको उल्लेख गर्नुभयो । पत्रकारितामा पेशागत लक्ष्मण रेखाको मर्यादा हुने उहाँको भनाइ छ ।

मन्त्री बाँस्कोटाले पाठक एवं दर्शकको छनौटमा पर्ने गरी सञ्चार माध्यमले आफूलाई प्रतिस्पर्धामा उतार्नुपर्ने बताउनुभयो ।

सञ्चार माध्यम संरक्षणभन्दा पनि प्रतिस्पर्धात्मक बन्नु आवश्यक रहेको औल्याउँदै उहाँले संरक्षणका लागि लोक कल्याणकारी विज्ञापन जारी रहेको बताउनुभयो ।

संविधानले संघ, प्रदेश र स्थानीय तहका लागि फ्रिक्वेन्सीको अधिकार व्यवस्था गरेको बताउँदै उहाँले ती अधिकार पाउने विषयलाई व्यवस्थित गराउनका लागि कानुन मन्त्रालयलाई अघि बढाउन भनिएको बताउनुभयो ।

सरकारले पत्रकार वृत्ति कोष स्थापना गरेको बताउँदै उहाँले हाल त्यसका लागि रु. एक करोड विनियोजन गरिएको र अर्को वर्ष दुई करोड हुने उल्लेख गर्नुभयो ।

पत्रकारमाथि आक्रमण गर्नेलाई सरकार हेरेर नबस्ने बताउँदै मन्त्री बाँस्कोटाले सरकार पत्रकारको पेशागत सुरक्षाका लागि तत्पर रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu