ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सुरु


bhawani desk
१३ श्रावण २०७५, आइतबार   १ : ५६   बजे

काठमाडौं १३ साउन । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु गरिएको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको हो ।

छलफलमा भाग लिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले विधेयकमा नर्सिङ, फार्मेसीलगायतका क्षेत्रलाई समेटनु पर्नेमा जोड दिनु भयो । विधेयकले गुणस्तरीय स्वास्थय सेवामा जोड दिएपनि स्वास्थ्य क्षेत्रको समग्र सुधारमा चासो नदिएको उहाँको भनाई छ ।

डा. गोविन्द केसीसँग सहमति गरेपछि सरकारले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यो विधेयक पेश गरेका थियो । सांसद अधिकारीले विधेयकमा निजी क्षेत्रले ल्याएको विकृतिलाई अन्त्य गर्ने व्यवस्था गर्नुपर्न आवश्यक्ता पनि औंल्याउनु भयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले विधेयकमा भएको व्यवस्था अनुसार कानुन निर्माणमा ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकार गोविन्द केसीसँग भएको सहमति अनुसार कानुन निर्माण गर्न इमान्दार हुने विश्वास व्यक्त गर्नु भयो ।

काँग्रेसका अर्का सांसद भरतकुमार शाहले विधेयकलाई जस्ताको तस्तै पारित गर्नुपर्ने माग गर्नु भयो । उहाँले गोविन्द केसीसँग गरिएको सहमति अनुसार ल्याइएको विधेयकलाई संशोधन गरिरहन नपर्ने पनि अडान राख्नु भयो । सांसद शाहले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको नाममा राजनीति गर्ने मनसाय आफूहरुको नरहेको तर्क पनि गर्नु भयो । सरकारको हठका कारण विधेयक ल्याउन ढिलाई भएको सांसद शाहको आरोप छ ।

सांसद सरिता गिरीले विधेयक संविधान र कानुन विपरित रहेको आरोप लगाउनु भयो । स्थानीय, प्रदेश र केन्द्रको स्पष्ट कार्य विभाजनसहितको कानुन निर्माण गरेपछि मात्रै सो विधेयक ल्याउनुपर्ने उहाँको तर्क छ ।

सांसद प्रेम सुवालले भने सरकारले ल्याएको राष्ट्रिय चिकित्सा विधेयकप्रति आपत्ति जनाउँदै स्वास्थ्य क्षेत्र निजी क्षेत्रलाई दिनै नहुने तर्क गर्नु भयो । जनतालाई पक्षपात गर्नेगरी विधेयक आएकाले त्यसको विरोध गर्नु परेको सांसद सुवालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group