ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिपीको जेल जीवनसम्बन्धी ‘इतिहासको जेल’ वृत्तचित्र जापानमा प्रदर्शन


एबीसी न्यूज
१५ श्रावण २०७५, मंगलबार   ३ : ००   बजे

काठमाडौँ, १५ साउन। पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको जेल जीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र जापानमा प्रदर्शन गरिएको छ ।

बिपीको ३७ औँ स्मृति दिवसको अवसर पारेर आइतबार र सोमबार बिपी चिन्तन एवं गणेशमान फाउण्डेशन जापान तथा बिपी संग्रहालय समिति काठमाडौँको संयुक्त आयोजनामा टोकियोमा सो वृत्तचित्र प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा कोइरालाको राजनीतिक इतिहास र जेल जीवनका बारेमा जानकारी समेत गराइयो । वृत्तचित्रमा बिपी, सर्वोच्च नेता गणेशमान सिंहले पञ्चायती शासनमा सुन्दरीजलको कारागारमा बिताएका जेल जीवनको अवस्थाबारे चित्रण गरिएको छ ।

कार्यक्रममा बिपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले सुन्दरीजल बन्दी गृहलाई संग्रहालय बनाउन गरिएको संघर्षका बारेमा स्मरण गराउनुभयो ।

बिपी चिन्तन तथा गणेशमान फाउण्डेशन जापानका अध्यक्ष डा बलराम श्रेष्ठले प्रजातान्त्रिक समाजवादी दर्शन र चिन्तन विश्वमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा बिपी चिन्तन तथा गणेशमान फाउण्डेसन जापानकी सचिव जापानी नागरिक इमुरा हिरोकोले प्रजातान्त्रिक नेता बिपीको जेल जीवनबारे वृत्तचित्र जापानमै हेर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानका संस्थापक अध्यक्ष राजन प्रधान, बुद्धिजीवी, सामाजिक, राजनीतिक दल तथा संघ संस्थाका प्रतिनिधि सहभागी भई वृतचित्र रुचिपूर्वक हेर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group