ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्साको ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै


bhawani desk
१६ श्रावण २०७५, बुधबार   ३ : २०   बजे


वीरगन्ज,१६ साउन । केही समययता पर्साको ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । सडक पेटीको अभाव, जथाभावी चौपाया छोड्नु, पैदल यात्रीमा ट्राफिक नियमको चेतना नहुनु, जथाभावी सवारीसाधन पार्किङ गर्नु, सडकपेटीमा फुटकर व्यापार गर्नु, सडक नै ढाकेर राजनीतिक तथा धार्मिक कार्यक्रम गर्नुजस्ता कारणले पर्साको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

दुर्घटना नियन्त्रण, न्यूनीकरण, रोकथाम तथा सर्वसाधारणलाई ट्राफिक ऐन नियमको पालना गर्न गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले विशेष अभियान सञ्चालनमा ल्याएको छ । वीरगञ्जको घण्टाघरदेखि नारायणी उपक्षेत्रीय अस्पतालसम्म व्यवस्थित पार्किङ, धार्मिकस्थल माईस्थानको अगाडि ठेला तथा फुटकर व्यापारीलाई हटाउने, निश्चित ठाउँमा पार्किङको व्यवस्था गरिएको छ ।

सवारी नियमको पालना नगरी जथाभावी सवारी पार्किङ गरिएको भेटिएमा कारवाही गरी जरिबाना गर्नेजस्ता ट्राफिक व्यवस्थापनसम्बन्धी कार्ययोजना बनाएर अघि बढी रहेको ट्राफिक प्रहरी निरीक्षक सुरेशकुमार शाहले बताउनुभयो ।

ट्राफिक कार्यालयले आव २०७४÷७५ मा २६ हजार १८० सवारीसाधनलाई कारवाही गरी रु एक करोड ५७ लाख ५२ हजार राजश्व उठाएको छ । गत आवमा सवारी दुर्घटनामा परी १६ पुरुष, तीन महिला र तीन बालबालिका गरी जम्मा १७ जनाको मृत्यु भएका थियो भने १५ जना सख्त घाइते तथा पाँच जना सामान्य घाइते भएका थिए ।

पर्सा जिल्लाको शहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनमा जोड दिए पनि पर्साको सुदूर ग्रामीण इलाकामा ट्राफिक प्रहरीको उपस्थिति नभएकाले ट्राफिक व्यवस्थापन भने हुन सकेको छैन । जिल्लामा शहरी क्षेत्रमा ७० किलोमिटर पक्की सडक, १९८ किलोमिटर ग्राभेल सडक तथा ३३२ किलोमिटर कच्ची सडक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group