ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल एयरलाइन्सले ६ वटा विमान खरिद गर्न माग्यो सरकारसँग ५ अर्ब


एबीसी न्यूज
१७ श्रावण २०७५, बिहिबार   १ : १८   बजे

काठमाडौं,१७साउन । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले एकैपटक ६ वटा ट्वीनअटर विमान खरिदका लागि सरकारसँग ५ अर्ब रुपैयाँ माग गरेको छ । वायुसेवा निगमले चुक्तापुंजीमा रहने गरी ५ अर्ब रुपैयाँ उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव गरेको हो ।

यो पर्यटन हुँदै प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । अर्थ मन्त्रालयले सहमति दिएपछि विमान किन्न सरकारले निगमलाई ५ अर्ब उपलब्ध गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पुग्नेछ ।

निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारका अनुसार कम्पनीको चुक्तापूँजी २० अर्ब पुर्‍याउन सरकारसमक्ष प्रस्ताव गरिएको छ ।

निगमको चुक्तापूँजी हाल ३६ करोड मात्रै छ । ठूलो कारोबार गर्ने कम्पनीको चुक्ता पूँजी थोरै हुँदा वित्तीय जोखिम उच्च हुन्छ । त्यसैकारण अब चुक्तापूँजी बढाएर त्यसलाई जहाजको संख्या वृद्धिमा लाग्नुपर्ने तर्क निगम व्यवस्थापनको छ । जसमा पर्यटनमन्त्री रविन्द्र अधिकारी सकारात्मक छन् ।

अधिकारीले आफ्नो सय दिने कार्ययोजनामा ६ अटा ट्वीननटर विमान किन्न निगमलाई सैद्धान्तिक स्वीकृति दिने उल्लेख गरेका थिए । त्यसैअनुसार अहिले निगमका लागि ६ वटा नयाँ विमान किन्नका लागि प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

सम्बन्धित

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

राति वर्षाको सम्भावना बढी, उद्धारमा खटिएकालाई सतर्क रहन मौसमविद्को आग्रह

रसुवा बाढीका नाममा जथाभावी चन्दा नउठाउन सरकारको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu