ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडामै भत्ता पाउँदा ज्येष्ठ नागरिकको झन्झट हट्यो


bhawani desk
१८ श्रावण २०७५, शुक्रबार   १० : ५०   बजे

कञ्चनपुर, १८ साउन । वडा कार्यालयबाटै सामाजिक सुुरक्षा भत्ता पाउन थालेपछि स्थानीय शुक्लाफाँटा नगपालिका–३ का कल्छु डगौरा टाढाको बैंकसम्म जानपर्ने झन्झटबाट मुक्त हुनुभएको छ ।

भत्ता बुझ्नका लागि सात किलोमिटर टाढाको बैंकसम्म पुग्नका लागि निकै सास्ती खेप्नु पर्दथ्यो, विगत सम्झदै उहाँले भन्नुभयो, “घर नजिकैको वडा कार्यालयबाट भत्ताको रकम पाउन थालेपछि निकै सहज भएको छ ।

‘दुई घण्टा पैदल हिंडेर बैंक पुग्न पुग्नुपर्ने झन्झट अब भएन’, अर्का स्थानीयवासी पुरन चौधरीले भन्नुभयो, “बैंकमा जस्तो लाइनमा बस्नुपर्ने अवस्था पनि छैन, वडा कार्यालयबाटै भत्ता रकम पाइन्छ ।”

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विधवा महिलालाई अहिले बैंकमार्फत नगरपालिकाले वडा कार्यालयमा सामाजिक सुरक्षाको रकम वितरण गर्ने व्यस्था मिलाएको हो ।

नगरपालिकाले आव ०७४÷७५ मा रु सात करोड ८७ लाख ९३ हजार ६०० रकम सामाजिक सुरक्षा भत्तावापत वितरण गरेको छ । ज्येष्ठ नागरिक दलित ५६१ जनालाई रु ६७ लाख ३२ हजार, ज्येष्ठ नागरिक एक हजार ५९१ जनालाई रु एक करोड ९० लाख ९२ हजार, विधवा एक हजार ६१० जनालाई रु एक करोड ९३ लाख २० हजार रकम वितरण गरिसकेको छ ।

यसैगरी, पूर्ण अपांगता भएका १९३ जनालाई रु २७ लाख १२ हजार, अति असक्त अपांगता भएका १४३ जनालाई रु १० लाख २९ हजार ६००, पाँच बर्ष मुनिका दलित बालबालिकालाई पोषण भत्ता ७७४ जनालाई रु ३३ लाख ८८ हजार र ज्येष्ठ नागरिक औषधि उपचार भत्ता दुई हजार १३३ जनालाई रु दुई करोड ५५ लाख ९६ हजार रकम वितरण गरिएको छ ।

भत्ताको रकम वितरणको कार्यलाई घर दैलोमै पु¥याउनका लागि योजना बनाइरहेका छौँ नगर प्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “घरघरमै भत्ताको रकम वितरणको कार्य गरिएपछि ज्येष्ठ नागिरकलाई सहजरुपमा सेवा पु¥याएको महसुस हुनेछ ।”

टाढाको बैंकसम्म जानुभन्दा वडामै भत्ताको रकम वितरणको व्यवस्थाले केही सहज भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group