ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोशी अस्वीकृतिको पत्र संवैधानिक परिषद्‍मा बुझाइँदै


bhawani desk
२० श्रावण २०७५, आइतबार   ११ : ०८   बजे

काठमाडौं , २० साउन । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई अस्वीकृत गर्ने निर्णयको जानकारी आज औपचारिक रुपमा संवैधानिक परिषद्लाई गराइँदैछ।

गत शुक्रबार संसदीय सुनुवाइ विशेष समितिको बैठकले २ तिहाई बहुमतबाट जोशीको नाम प्रधानन्यायाधीशका लागि अस्विकृत गरेको थियो। तर सो निर्णयको औपचारिक जानकारी आज मात्रै संवैधानिक समितिमा गराइने भएको हो।

शुक्रबार समय अभाव भएका कारण पत्र पठाउन नसकिएकोले आज मात्रै सो जानकारी गराउन लागिएको संसदीय सुनुवाइ समितिले जनाएको छ।

सुनुवाइ समितिको औपचारिक पत्र प्राप्त हुनासाथ न्याय परिषद्बाट सिफारिसमा परेका अन्य दुई न्यायाधीशहरु ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणामध्येबाट एक नाम छनोटका लागि संवैधानिक परिषद्को बैठक बस्नेछ। यसअघि सिफारिस गरिएको नाम किन अस्वीकृत भयो भन्ने सन्दर्भमा प्रधानमन्त्रीले कारणसहित संवैधानिक परिषद्को बैठक बोलाउनुपर्ने हुन्छ।

साथै बैठक बोलाउँदा ४८ घण्टाअघि नै समितिका सदस्यहरुलाई सूचना दिनुपर्ने हुन्छ। त्यसकारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय सुनुवाइ समितिबाट अस्वीकृतिको पत्र प्राप्त हुनासाथ बैठक बोलाउने तयारी गरिरहेको स्रोत बताउँछ।

यसअघि सिफारिस गरिएको नाममा सुनुवाइ समितिले अस्वीकृति जनाएपछि अबको बैठकमा नयाँ नाम सिफारिसका लागि छलफल हुनेछ। न्याय परिषद्ले यसअघि नै क्लस्टरमा उल्लेख गरिसकेका नामबाट संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि पुन संसदीय सुनुवाइ समितिमा नाम प्रस्ताव गर्नुपर्ने हुन्छ। जसअनुरुप अब मिश्र र राणामध्ये एक नै नेपालको भावी प्रधानन्यायाधीश हुनेछन्।

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि जोशीको नामलाई अस्वीकृत गरिएको सन्दर्भमा असहमति जनाउँदै बैठकमा अनुपस्थित हुन सक्छन्। यात परिषद्को बैठकमा उपस्थित भएर पनि आफ्नो असहमति राख्नसक्नेछन्। तर यसले निर्णयमा भने फरक पार्ने देखिँदैन।

सभापति देउवा परिषद् बैठकमा सहभागी नभएपनि गणपुरक संख्या पुग्ने भएकोले नयाँ नाममा बहुमतका आधारमा निर्णय हुन सक्नेछ। यदि देउवा बैठकमा उपस्थित भएर असहमति राखेको खण्डमा भने निर्णय प्रक्रिया केही लम्बिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group