ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी जग्गाको पानी, जनतालाई हैरानी : ढलको व्यवस्था नहुँदा ललितपुरको ऐरावत टोल डुबानमा


admin
२१ श्रावण २०७५, सोमबार   ११ : ०३   बजे

ललितपुर, २१ साउन । काठमाडौं उपत्यकाकै ललितपुरको हात्तीवन ऐरावत टोल वर्षाका समयमा वर्षौदेखि डुबान समस्या भोगिरहेको छ ।

ललितपुर महानगरपालिका वडा नं. २३ हात्तीवनको ऐरावत टोलको गैरी भाग हरेक वर्षाको समयमा डुबानमा पर्दै आएको छ । यो सालको वर्षामा पनि सो टोल डुबानमै छ । तर, न त स्थानीय सरकारको ध्यान जान सकेको छ, न त संघीय सरकारकै ध्यान ।

खुमलटारमा रहेको सरकारको धानबाली अनुसन्धान केन्द्रको पर्खाल आज बिहान भत्किएपछिको स्थिति ।

आइतबारदेखि बढी पानी परेपछि सोमबार पनि सो क्षेत्र डुबानमै छ । हात्तीवनदेखि खुमलटारको धानबाली क्षेत्रका अधिकांश मानिस डुवानमा परेको छ ।

खुमलटारमा रहेको धानबाली अनुसन्धानको धानखेतबाट आएको पानीको उचित निकास हुन नसक्दा समस्या सिर्जना भएको छ । त्यस्तै, हात्तीवनमा रहेको सिटी स्केप अपार्टमेन्टले प्रचलनमा रहेको राजकुलो आफ्नो क्षेत्रभित्र घेराबेरामा राखेर पानी सहज रुपमा बग्न नदिँदा पनि गैरीगाउँ क्षेत्र डुबानमा पर्ने गरेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

खुमलटारमा रहेको सरकारको धानबाली अनुसन्धान केन्द्रबाट बस्तीतिर पानी यसरी नै झर्छन् र बस्ती डुबानमा पर्छ ।

ललितपुर महानगरपालिका २३ का वडा सदस्य राधेश्याम सिंह कठायत खुमलटार धानबालीबाट बगेर आउने पानीको उचित निकास नहुँदासम्म यो समस्या समाधान नहुने बताउनुहुन्छ । धानखेतबाट बगेर आएको पानी बस्तीमा पस्दा बर्षेनी डुबान परेको उहाँको भनाइ छ । यो समस्या समाधानका लागि बारम्बार अनुरोध गर्दा समेत खुमलटारको कृषि कार्यालयहरुले अटेर गर्ने गरेको गुनासो उहाँको छ ।

डुबान क्षेत्रका स्थानीय बासिन्दा भने महानगरपालिका र सरकारसँग आक्रोस पोखिरहेका छन् । बर्षेनी डुबानको समस्या भोगेको र महानगरपालिका र विभिन्न सरकारी निकायमा ध्यानाकर्षण गराउँदा समेत बेवास्ता भएको गुनासो स्थानीय दिनु गुरुङको छ ।

हात्तीवनको गैरीगाउँ क्षेत्रमा परेको डुबान ।

ललितपुर महानगरपालिका २३ नम्बर वडाले भने ढलको लागि महानगरपालिकासित माग गरेको जनाएको छ । महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सबैप्रति समान व्यवहार नदेखाएकाले डुबानको समस्या ज्यूँकात्यूँ रहेकोमा स्थानीय बासिन्दाको आक्रोस छ ।

बस्ती डुबानमा पर्दा सामान्य रुपमा हिँडडुल गर्न समेत कठिनाइ भएको छ । त्यस्तै बालबालिकाहरु विद्यालय आवत जावत गर्न झनै कष्टकर बनेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group