ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाको नाममा जग्गा पास गर्ने क्रम बढदो


एबीसी न्यूज
२३ श्रावण २०७५, बुधबार   १० : ४९   बजे

बैतडी, २३ साउन । पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दै गएको छ ।

महिलाको नाममा जग्गा पास गर्दा लाग्ने शुल्कमा सरकारले छुटको व्यवस्था गरेका कारण यो क्रम बढ्दै गएको हो । पहिला महिलाको नाममा जग्गा पास गर्ने चलन थिएन । पछिल्लो समयमा केही मात्रामा भए पनि महिलाको सम्पत्तिमा पहुँच पुग्न थालेको छ ।

आर्थिक वर्ष २०७३\७४ मा ७९ महिलाको नाममा जग्गा पास भएको थियो । आव २०७४\७५ मा ९२ महिलाको नाममा जग्गा पास भएको जिल्ला मालपोत कार्यालयका कम्प्युटर अपरेटर अनिल चन्दले जानकारी दिनुभयो । गत आवमा एक दम्पतीले संयुक्तरूपमा जग्गाको लालपुर्जा लिएका छन् ।

नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ६ मा सम्पत्ति तथा पारिवारिक मामिलामा महिलाको समान हक हुने कुरा उल्लेख गरिएको छ । अशिक्षा, जनचेतनाको अभाव र स्वयं महिलाको अग्रसरताको कमीका कारण महिलाको सम्पत्तिमा न्यून पहुँच रहेको पाइन्छ ।

शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्द सम्पत्तिमा पहुँच पु¥याउनका लागि नेतृत्व तहमा पुगेका महिलाले पहल गर्नुपर्ने बताउनुहुन्छ । “पहिलादेखि नै पुरुषको नाममा जग्गा दर्ता गर्ने र उनीहरूलाई नै सम्पत्तिको हकदार ठान्ने चलन थियो,” उहाँले भन्नुभयो ।

सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला बिष्ट सबै स्थानीय तहमा महिलाको पहुँच भएका कारण स्रोेत तथा सम्पत्तिमा महिलाको पहुँच पुगेको बताउनुहुन्छ । “हामी यसका लागि अझै पहल गछौँ,” उहाँले भन्नुभयो ।

महिलाको नाममा जग्गा पास गर्दा राजश्वमा २५ प्रतिशत छुट दिने सरकारले व्यवस्था गरेको छ । महिलाको नाममा भएको लालपूर्जालाई एक महिनाभित्रै संयुक्त नाममा बनाउन सकिने र त्यसका लागि रु एक सय मात्रै खर्च लाग्ने नियम छ ।

महिला र पुरुष दुवैको नाममा संयुक्त लालपूर्जा बनाएमा पनि सरकारले राजश्वमा २५ प्रतिशत नै छुटको व्यवस्था गरेको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज नबस्ने, बुधबार दिउँसो १ बजे बस्ने

गण्डकी प्रदेश सरकार छाड्ने एमालेको निर्णय

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu