ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिकाका जनप्रतिनिधि अनिश्तिकालीन अनशनमा


bhawani desk
२३ श्रावण २०७५, बुधबार   १० : ५८   बजे

पर्वत, २३ साउन । पैंयु गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङको राजीनामा माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधि आजदेखि अनिश्तिकालीन अनशन बसेका छन् ।

गाउँपालिका– ४ हुवासमा जनप्रतिनिधिले अनशन शुरु गरेका हुन् । वडाध्यक्ष महेन्द्र श्रेष्ठलाई बिनाकारण स्पष्टीकरण सोध्ने र पद रिक्त गराउने कोसिस गरेको भन्दै उपाध्यक्ष गुरुङको राजीनामा माग गरिएको छ ।

वडाध्यक्ष श्रेष्ठ परिवारलाई भेट्न जापान गएको बेला गाउँपालिकाका कार्यवाहक अध्यक्ष गुरुङले ‘लगातार तीन वटा बैठकमा बिनाजानकारी अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था भएको’ ब्यहोरासहित सात दिने स्पष्टीकरण सोधेपछि बिबाद भएको हो ।

कार्यवाहक अध्यक्ष गुरुङले साउन ८ गतेको मितिमा श्रेष्ठलाई सात दिनभित्र स्वयं उपस्थित भएर स्पष्टीकरण दिने पत्र पठाउनुभएको छ ।

वडाध्यक्ष श्रेष्ठले गएको जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानेलाई कार्यवाहक दिएर जापान जानुभएको थियो । कार्यवाहक दिएको बारे श्रेष्ठले गाउँपालिकामा लिखितपत्र समेत दर्ता गराउनुभएको थियो ।

“मैले कार्यवाहक दिएर परिवारका सदस्य भेट्न जाँदा पदबाट हटाउने षड्यन्त्र भयो,” श्रेष्ठले भन्नुभयो, “षडयन्त्रपूर्वक गरिएको यस्तो कामका लागि उपाध्यक्षले राजीनामा दिनुपर्छ ।”

सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष र उपाध्यक्षलाई कार्यवाहक दिएको जानकारी नगराएका कारण समस्या भएको गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले बताउनुभयो ।

कार्यवाहक अध्यक्षको हैसियतमा सदस्य न्यौपानेले कार्यपालिकाको बैठकमा समेत भाग लिँदै आउनुभएको थियो । “हाम्रो नियत पद खारेज गराउने होइन, सचेत मात्रै गराउने थियो,” उहाँले भन्नुभयो, “कार्यवाहक दिएर गाउँपालिकामा जानकारी गराएर गएको कुरा कार्यकारीले नभन्दा समस्या भएको हो, समाधान खोज्ने प्रयासमा छौँ ।”

उपाध्यक्ष गुरुङले पत्र पठाएपछि नेकपाबाट विजयी श्रेष्ठ जापानबाट नेपाल फर्किनुभएको थियो । श्रेष्ठ नेपाल फर्केपछि सोमबार गाउँपालिकाका अध्यक्ष तिवारी र उपाध्यक्ष गुरुङलाई भित्र थुनेर गाउँपालिका कार्यालयमा नेकपाका कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिले तालाबन्दीसमेत गरेका थिए ।

प्रहरीले ताला फोडेर दुवैजनालाई बाहिर निकालेको थियो । नेकपाका प्रतिनिधि उपाध्यक्ष गुरुङले राजीनामा दिनुपर्ने अडानमा छन् भने नेपाली काँग्रेसका तर्फबाट विजयी जनप्रतिनिधि भने उपाध्यक्षलाई माफी माग्न लगाएर समस्याको निकास निकाल्ने पक्षमा छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group