ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य


एबीसी न्यूज
२३ श्रावण २०७५, बुधबार   ४ : १८   बजे

 

बाँके, २३ साउन । झोलुङ्गे पुल नहुँदा पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, स्थित नाम्रा गाउँको यातायातसँगको सम्पर्क टुट्ने गरेको छ ।

हिउँदमा चिण्डा भिरेर जसोतसो यातायातको पहुँचमा नाम्रावासी आउँछन् । गाउँको पारिपट्टीबाट छिन्चु–जाजरकोट सडकखण्डमा नियमित गाडी चल्छन् ।

तर नाम्रावासीका लागि वर्षायाममा त्यो यातायात सेवा भने आकाशको फलजस्तै बन्छ, भेरी नदीमा वर्षाले बढाएको पानी सतह नघटेसम्म करीब ६ महिनासम्म नाम्राका स्थानीयवासीका लागि नाकाबन्दी सरहको जीवन गुजार्नुपर्नेहुन्छ ।

उनीहरु राज्यबाट उपलब्ध हुने सेवा सुविधाबाटै वर्षमा करीब पाँच महिना वञ्चित हुनैपर्ने अवस्था आउँछ । त्यो आफूहरुका लागि अन्याय भएको स्थानीयवासीको गुनासो छ ।

वर्षायाम शुरु भएर पानीको सतह बढ्नासाथ नदीमा डुङ्गासमेत चल्न छाडेपछि उनीहरु घुमाउरो बाटो प्रयोग गरी करीब चार घण्टाको पैदलयात्रा गर्दै सल्लीबजार पुग्नुपर्ने बाध्यता छ । असारपछिको पाँच महिनासम्म कोही सिकिस्त बिरामी भइहाले ‘भाग्यभरोसा’ भन्दै बस्नुपर्ने नाम्रावासीको अवस्था छ ।

आवागमन समस्याकै कारण त्यहाँका बालबालिकाको पढाइ पनि बिथोलिने गरेको छ । गाउँमा प्राविमात्रै भएका कारण निमावि तहदेखि माथिल्लो कक्षा अध्ययनका लागि भेरी नदी नै तरेर विद्यालय जानुपर्ने अवस्था छ, तर वर्षायाममा नदीको उर्लदो भेलमा ज्यान जोखिममा राखेर पढ्न चाहादैनन् नाम्राका विद्यार्थी ।

सुर्खेतको बालीखोला र नाम्रा गाउँलाई जोड्नका लागि झोलुङ्गे पुल निर्माण अनिवार्य छ ।

नाम्रामा यो समस्या पुस्तौदेखिको हो । एउटा सिङ्गो गाउँ वर्षको आधा समय सम्पर्कविहीन बन्ने अवस्थामा पुग्दासमेत पुल निर्माणका लागि तदारुकता देखाउन नसक्नु राज्यको कमजोरी भएको स्थानीयवासीको गुनासो छ । स्थानीय गंगा प्राविका प्रधानाध्यापक रामप्रसाद शर्मा भन्नुहुन्छ, “एउटा सिङ्गो गाउँ राज्यको उपस्थितिविहीनताको अवस्थामा वर्षौदेखि गुज्रनु लज्जाजनक पनि छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राप्रपाभित्र फेरि हलचल : तीन सांसदलाई पदमुक्त गर्ने निर्णयलाई कमल थापाले भने– ‘फेक हो कि भन्ने लाग्छ’

प्रतिनिधिसभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu