ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाए एक हजार द्वन्द्वपीडितले राहत


bhawani desk
२३ श्रावण २०७५, बुधबार   ५ : ३५   बजे

नुवाकोट, २३ साउन । जिल्लाका एक हजार ८२ जना द्वन्द्वपीडितले राहत रकम पाएका छन् । जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्षको अन्त्यतिर आएको राहत रकम वितरण गरिएको हो ।

द्वन्द्वका समयमा तत्कालीन सरकार र विद्रोही पक्षका कारण पीडित भएकाहरुलाई वितरण गर्न रु चार करोड २५ लाख ६५ हजार पठाइ ए पनि रु तीन करोड आठ लाख ५० हजार मात्र खर्च भएको जिप्रकाका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो ।

द्वन्द्वपीडितका लागि आएको राहतमा रु एक करोड १७ लाख १५ हजार फिर्ता भएको छ । “माग दावी पर्याप्त पर्न नआएका कारण रकम फिर्ता भएको हो । केहीको नाम र थर फरक भएकाले राहत प्रदान गर्न सकिएन”, प्रशासकीय अधिकृत शर्माले भन्नुभयो ।
सबैभन्दा बढी विस्थापित ९८७ जनाले राहत पाएका छन् । विस्थापितलाई रु २५ हजारको दरले राहत वितरण गरिएको हो । यस्तै अपहृत ५० जनाले पनि रु २५ हजारको दरले रकम पाएका छन् ।

जिप्रकाअनुसार मृतक र बेपत्ताका १४ परिवारले रकम पाएका छन् । एक जनाको परिवारले रु १० लाख र बाँकी १३ जनाका परिवारले जनही रु एक लाख ५० हजारका दरले राहत पाएका छन् ।

यस्तै द्वन्द्वपीडित टुहुरा बालबालिका २३ जनाले जनही रु ६० हजारको दरले पाएका छन् । यस्तै आठ अंगभंग भएकाहरुले रु पाँच लाख ९५ हजार २०० प्राप्त गरेको जिप्रकाका लेखाअधिकृत रामजी लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group