ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक निर्माणको काम समयमा नहुँदा यात्रु मारमा


bhawani desk
२४ श्रावण २०७५, बिहिबार   १२ : ५२   बजे

दाङ, २४ साउन । तुलसीपुर सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न अप्ठेरो परेको यात्रुले गुनासो गरेका छन् । आफूहरुले सडक मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा गुनासो गर्दासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो रहेको छ ।

सो सडकमा सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि बाटो खराब हँुदा समस्या हुने गरेको सो रुटमा गाडी चलाउँदै आएका चालक रविन ओलीले बताउनुभयो ।
आफूहरु गाउँबाट जुनसुकै समयमा अटो चढेर तुलसीपुर बजारमा किनमेल गर्न जाने गर्दथ्यौँ तर अहिले बाटोको अवस्था निकै बेहाल हुँदा जान कठिनाइ हुने गरेको स्थानीय घनश्याम चौधरीले बताउनुभयोे । जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल रहेको थारु राज दङ्गीशरणको ऐतिहासिक भग्नावशेष दरबारसमेत सुकौरामा नै पर्ने गर्दछ ।

अहिले बाटो समयमा मर्मत तथा कालोपत्रे नगर्दा त्यस भेगका नागरिक र दरबार क्षेत्र हेर्न जाने बाह्य तथा आन्तरिक पर्यटकलाई समेत आवतजावत गर्न निकै कठिनाइ रहेको छ ।

पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाभित्र स्मार्ट सिटीको चर्चा हरेक
सार्वजनिक स्थान र चिया पसलमा बहसको विषय बनेको छ । तर स्मार्ट सिटीको अवधारणालाई हरेक गाउँले कच्ची सडक जसले छोटो दूरीमा उपमहानगरलाई जोडी रहेका छन् उनीहरुको मर्मत र कालोपत्रे नहुँदा तुलसीपुर बजार हिलाम्मे र फोहर बनेको सहजै देख्न सकिन्छ ।

आफूहरुले पटकपटक बिग्रिएको सडकमा ग्राबेल गर्न अनुरोध गर्दासमेत
सम्बन्धित निकाय मौन भएको भन्दै सडक निर्माण कम्पनीलाई त्यहाँका नागरिकले गम्भीर हुन ध्यानाकर्षण गराएका छन् ।

तुलसीपुर बजारदेखि १० किलोमिटरको दूरीमा रहेको सो सडक कालोपत्रे निर्माण गर्नका लागि प्यासिफिक बिल्डर्स काठमाडौँले रु छ करोड ६१ लाखमा सम्झौता गरेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०७५ फागुनसम्म काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ ।
तर हालसम्म सो सडकखण्डमा १५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । अहिले तुलसीपुर सुकौरा सडकखण्डको तीन किलोमिटर सडकमात्र कालोपत्रे भएको छ भने बाँकी सात किलोमिटर कालोपत्रे हुन बाँकी नै रहेको छ ।

सडक विस्तार र कालोपत्रेको काम शुरु हुन निर्माण कम्पनीले अझै केही समय लाग्ने बताएपछि स्थानीयवासी झनै चिन्तित बनेका छन् । ठेकेदारले उल्टै ठाउँठाउँमा अवरोध र बाटो बिगार्ने काम मात्रै गरेको भन्दै तत्काल स्थलगत निरीक्षण गर्न स्थानीयवासी प्रशासनसँग त्यहाँका नागरिकले मागसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group