ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा कोरियाली एसवाई प्यानलको उत्पादन शुरु


एबीसी न्यूज
२४ श्रावण २०७५, बिहिबार   १ : ०१   बजे

चितवन, २४ साउन । नेपालमानै पहिलो पटक चितवनको रत्ननगरमा कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो ।

चितवनको रत्ननगर स्थित पिठुवामा नेपालमै पहिलो पटक कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ । कोरियन प्रबिधिबाट आवास निर्माण गर्ने र आँफ्नो ब्यापार एसियाली मुलुकमा बिस्तार गर्ने उद्देश्य सहित चितवनबाट उत्पादन सुरु गरेको कम्पनीले बताएको छ ।

कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो । बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ ।

शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी ,सस्तो , छिटोछरितो , ६० बर्ष टिकाउ हुने जनाइएको छ ।

७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ ।

कम्पनीले नेपालमा गएको महा भुकम्प गएपछाडि सुरक्षित आबास अबधारण अनर्तगत आँफ्नो सेवा नेपालमा बिस्तार गरिएको कम्पनीका महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फे जानकारी दिनु भयो ।

कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ । सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ । यो प्रविधिले चितवन लगायत तराइबासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ । त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासका लागि सहज हुने बताईएको छ ।

१२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिटाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ । ४३ जिल्लामा डिलर वितरण गरिसकेको र कोल्डस्टोरको लागि चाहिने प्यानलसमेत उत्पादन गरिरहेको कम्पनीले आधुनिक प्रविधिमै स्टीलको ढोका र यूपिभिसी झ्याल समेत उत्पादन गर्ने गरिएको कम्पनीका निर्देशक चोल डङ ईलले बताए ।

कम्पनीले हाल दैनिक १५ सय मिटर उत्पादन क्षमता रहेको कम्पनिले हाल ४० भन्दा बढीलाई रोजगारी दिएको छ । अबको ३ बर्ष्भित्र हरेक नेपालीको घरमा पुग्ने योजना सहित अगाडि बडेको यस कम्पनीले १ तला देखि ५० तला सम्म घर तथा महलहरु निर्माण गर्दै आएको छ ।

यो प्यानलले आवाशीय भवनहरुका साथै सरकारी भवन,बिद्यालय,अस्पताल,ह्याचरी,हाइड्रोपावर, एयरपोर्ट,रंगशाला,जीम हल,सैनिक प्रहरी क्याम्प,कारखाना,होटेल,रिसोर्ट,डिपार्टमेन्ट स्टोर,पार्टी प्यालेस निर्माण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राप्रपाभित्र फेरि हलचल : तीन सांसदलाई पदमुक्त गर्ने निर्णयलाई कमल थापाले भने– ‘फेक हो कि भन्ने लाग्छ’

प्रतिनिधिसभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu