ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगलागिमा मृत्यु भएका परिवारले पाएनन् राहत, सरकारी निकाय मौन


bhawani desk
२४ श्रावण २०७५, बिहिबार   ५ : ३१   बजे

गुल्मी,२३ साउन । २०६६ साल बैशाख १२ गते हस्तिचौर सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा साबिकको हस्तिचौर गाविस वडा नं ३ का रामलाल घिमिरे, अमर बहादुर कंवर, देबकली खत्री, सिता कुंवर र धनकली खत्रीले ज्यान गुमाए ।

०६६ सालमा साबिकको बडागाउँ गाबिसको तिलेहार सामुदायिक बनमा आगो निभाउने क्रममा बडागाउँ ८ का गोपाल सुनारको ज्यान गयो । ०७२ साल चैत्र २९ गते धैरेनी सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा साविकको मलायगिरी गाबिस वडा नं १ का कमल खड्काको ज्यान गयो ।

यस्तै ०७३ साल बैशाख १७ गते साविकको दोहोली गाबिस जलुकी खोला बनमा लागेको आगो निभाउने क्रममा वडा नं ५ का तुलसी लामा गुरुङ र वडा नं ६ कालोक बहादुर गुरुङको ज्यान गयो । भने ०७३ साल बैशाख १८ गते वडागाउँ गाबिस वडा नं १ को कर्लाम सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा मेयरसिंह रास्कोटीको ज्यान गएको छ ।

यसरी बिभिन्न सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा १० जनाले ज्यान गुमाए । तर, सरकारी निकायबाट उनीहरुका परिवारले केहि राहत पाउन सकेका छैनन । बनमा आगो लागे स्थानीयहरु मिलेर आगो निभाउ भन्दै जिल्ला बन कार्यलयले संचार माध्यमहरुवाट सुचना प्रशारण गर्छ ।

जनचेतनामुलक पर्चा–पम्प्लेटहरु बितरण गर्छ । विद्यालयमा समेत जनचेतनामुलक कक्षा संचालन गर्छ । तर आगो निभाउने क्रममा ज्यान गुमाएकाहरुका लागि हालसम्म कुनै राहतको ब्यबस्था भने गरिएको छैन । ‘अन्य पिडितहरुले त राहात पाउछन्, तर आगलागीमा परि ज्यान गुमाएका परिवारले राहातको आश्वासनबाहेक बाहेक केहि पाएनौँ ।’

साविकको बडागाउँ ८ का गोपालकी श्रीमती इन्द्रमाया सुनारले भनिन्, ‘श्रीमानको मृत्युपछि दुख थपिदैँ गएको छ ।’ राहातका लागि पटक–पटक जिल्ला बन कार्यालय धाउदा पनि खर्च मात्र भएको तर केहि राहात नपाएको उनको गुनासो छ । उनको परिवारमा अहिले एउटा छोराले भर्खर एसइई दिएको छ । भने एउटा १५ बर्षको छोरी र अर्को १३ बर्षको बौद्धिक अपाङ्ग भएको छोरा छ ।

कार्यालय चिठिमा सिमित

जिल्ला बन कार्यलय बनमा लागेको आगो निभाउने क्रममा ज्यान गएका ब्याक्तिहरुका परिवारका लागि०७३ बैशाख २९ गते नामावली सहित बिभागमा पत्र पठाएको कार्यालयका नायब सुब्बा नविन पन्थीले बताए । तर पिडित परिवारले भने अझैसम्म पनि केही राहत पाउन सकेका छैनन् ।

के भन्छन स्थानीय तह

साबिबकको वडागाउँ गाबिस अहिले मुसीकोट नगरपालिकामा पर्छ । नगरपालिकाको तर्फबाट पनि उनीहरुलाई केहि भएको छैन । नगरप्रमुख मेयर सोमनाथ सापकोटाकाले स्थानीय तहवाट अहिलेसम्म केही राहत दिईएको छैन , उहाँहरुले केही राहत कतै बाट नपाएको खण्डमा अहिले नगरपालिकाबाट कति सक्छौ राहत दिने ब्यबस्था पक्कै गर्छौ थेरै घटना पहिलेको भएकोले त्यसतर्फ ध्यान नगएको स्वीकार गरे । हस्तिचौर गाबिस अहिले ईश्मा गाउँपालिका पर्दछ ।

त्यस्तै ईश्मा गाउँपालिकाका प्रमुख लक्षमण बिष्टले राज्यबाट कुनै सहयोग नभएकोले गाउँपालिकाले उनीहरुलाई दीर्घकालिन रुपमा हुने गरि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group