ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होस्टलभित्रै गाँजा र तासमा रमाउदैँ विद्यार्थी


एबीसी न्यूज
२५ श्रावण २०७५, शुक्रबार   ५ : ३५   बजे

काठमाडौं, २५ साउन । बानेश्वरमा रहेको एक ब्वाइज होस्टलको कोठाबाट गाँजा र तास फेला परेको छ । विद्यार्थी बस्ने कोठाको पलङ मुनि गाँजा र तास फेला परेको प्रहरीले जनाएको छ ।

जनप्रतिनिधि, होस्टल एसोसिएसन तथा प्रहरीको टोलीले होस्टेलमा गरेको अनुगमनका क्रममा बिहीबार प्रहरीले विद्यार्थीको कोठाबाट तास खेल्दै गरेको अवस्थामा गाँजा बरामद गरेको हो ।

नेपाल होस्टल एसोसिएनका केन्द्रीय अध्यक्ष चेतन दाहाल, वडा सदस्य रोहिणी श्रेष्ठ, सामुदायिक सेवा केन्द्र र टोल सुधार समितिका पदाधिकारी, बानेश्वर वृत्तका डिएसपी गोविन्दराज काफ्ले नेतृत्वको प्रहरी टोली अल्फा ब्वाइज होस्टल पुगेका थिए ।

अनुगमन टोलीले होस्टल सञ्चालकलाई नभेटेपछि सञ्चालकको नम्बर मागे । होस्टेलमा रहेका विद्यार्थीले केही बेर अन्कनाउँदै नम्बर दिए । निकैवेरसम्म पनि सञ्चालक नभेटिएपछि टोली तितरवितर हुँदै थियो । डिएसपी काफ्लेले बाहिरैबाट विद्यार्थीको एउटा कोठा अवलोकन गरे ।

कोठा भित्र रहेका विद्यार्थीहरु तास लुकाउँदै थिए । प्रहरी निरीक्षकको टोली कोठाभित्र प्रवेश गरेर हेर्‍यो । तासको बुक बरामद गर्‍यो । कोठामा चेकजाँज गर्दै जाँदा विद्यार्थीको पलङ मुनिको ड्रयरभित्र एउटा कागजको पोको फेला पर्‍यो ।

सुरुमा त कागज च्यातेर फालेको हो कि भन्ने प्रहरीलाई लाग्यो तर कागजमा गाँजा रहेको खुलासा भयो ।

केहीवेरमा होस्टल सञ्चालक सुराबहादुर खाम्चा ९सीबी० र उनकी श्रीमति सुशीला आइपुगे । महिलाले विद्यार्थीको बचाउ गर्न खोजिन् । तर, विद्यार्थीलाई सोध्दा उनीहरुले सञ्चालकलाई जवाफ फर्काउन सकेनन् । विद्यार्थीले अब त्यस्ता गतिविधि नगर्ने भनेर सुधार गर्ने प्रतिबद्धता जनाए ।

अनुगमन टोलीले सञ्चालकलाई प्रहरी वृत्तसम्मै पुर्‍यायो । र, आइन्दा सोही प्रकृतिका गतिविधि भेटिए कडा कारबाही हुने कागज गराउँदै होस्टल एसोसिएसनको रोहबरमा छोड्यो । होस्टल सञ्चालकलाई गराइएको कागजमा होस्टलमा सुरक्षाका लागि तल्लो तलामै कार्यालय राख्ने, नियमित मोनिटर गर्ने, सुरक्षा व्यवस्थित गर्ने लगायतका विषय उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

वार्डेन र विद्यार्थीको लभ चक्कर

बानेश्वरकै एक होस्टलका वार्डेन र नजिकै रहेको गर्ल्स होस्टलकी विद्यार्थीबीच हेराहेर हुन थाल्यो । हेराहेरबाट छोटो अवधिमै उनीहरुको सम्बन्ध प्रेम सम्बन्धमा बदलियो ।

सुरुवाती दिनमा केही समस्या भएन, उनीहरुको सम्बन्ध राम्रैसँग चल्यो । तर, पछि उनीहरुको सम्बन्धमा फाटो आयो, सम्बन्ध टुट्यो । अनि समस्या झन् झन् बढ्न थाल्यो । युवतीले प्रहरीमा उजुरी दिन नै बाध्य हुन पर्यो ।

सम्बन्धमा तनाव आएपछि वार्डेनले युवतीलाई जथाभावी म्यासेज पठाउन र गाली गर्न थाले । प्रहरीका अनुसार, उनले युवतीलाई अश्लिल गाली समेत गर्न थाले । त्यसको सुइँको पाएर युवतीको दाइले वार्डेनलाई कुटेका पनि थिए । कुटपिटको घटना प्रहरीसम्म पुरग्यो । वार्डेन र युवतीका दाजु २४ घण्टा प्रहरीको थुनामा पनि बसे । अन्तिममा आइन्दा गल्ती नहोर्‍याउने सहमतिमा उनीहरुलाई छाडियो ।

प्रहरीका अनुसार, पछिल्ला समय होस्टलका कारण आफूहरुले समस्या भोगिरहेको भन्दै छिमेकीहरुले समेत सामुदायिक प्रहरीमा गुनासो पोख्न थालेका छन् ।

मादक पदार्थ सेवा गरेर आएर सञ्चालकले नै पिटाइ खानु परेकादेखि बर्थडे र अन्य विभिन्न बहानामा रातभर होहल्ला गर्ने गरेकोसम्म घटनाका उजुरी प्रहरीमा पर्ने गरेका छन् । केटाको होस्टलमा केटी आउने र केटीको हेस्टेलमा केटा पस्ने गरेको समेत अनुगमनको क्रममा पाइएको डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनद्वारा नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण

नेपालमा आएको बाढीपछि भारतको विदेश मन्त्रालयमा समीक्षा बैठक

सम्बन्धित

रसुवा बाढीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ कर्मचारी बेपत्ता

परराष्ट्रमन्त्री खनाल र बेलायती विदेशमन्त्रीबीच टेलिफोन वार्ता, सहयोग गर्ने प्रतिबद्धता

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu