ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औषधि लिन निस्केका युवकको बाटोमा शव


एबीसी न्यूज
२५ श्रावण २०७५, शुक्रबार   ६ : ०६   बजे

बाँके, २५ साउन । शुक्रबार बिहान औषधि लिन बजार निस्केका नेपालगञ्जका एक युवकको बाटोमै शव भेटिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ का २५ वर्षीय दुर्गाप्रसाद कोरीको शव पिप्रहवास्थित सडक किनारको नालीमा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिनुभयो ।

भे २ प १६५५ नम्बरको मोटरसाइकलमा सवार कोरीको शव नजिकै मोटरसाइकल पल्टिएको अवस्था छ  । नालीमा पानी समेत कम्मरसम्म छुने मात्रै छ । तीव्र गतिका कारण मोटरसाइकल  दुर्घटना भई शरीरमा चोट लागेर कोरीको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

मृतकको शव भेरी अञ्चल अस्पतालमा पुर्‍याएर पोष्टमार्टम गरिएको छ । शरीरमा बहिरी चोट केही पनि नपाइएको प्रहरीले जनाएको छ ।

कोरीको शव भेटिएको स्थान नजिकै मरेको पशुको सिनोको अत्याधिक दुर्घन्ध हुने भएका कारण सवारी साधन तीव्र गतिमा चलाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो ।

सडक किनारको नालीमा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युवाको भावना नबुझी राजनीतिक पुनर्जागरण सम्भव छैन : महासचिव पोखरेल

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu