ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङको स्वास्थ्यचौकी भवन सञ्चालनमा


एबीसी न्यूज
२६ श्रावण २०७५, शनिबार   १० : २८   बजे

 

मोरङ, २६ साउन । मोरङको पथरीशनिश्चरे–२ छयालिस विघेमा निर्मित स्वास्थ्यचौकी भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

रू एक करोड १२ लाखको लागतमा निर्मित १८ कोठे दुई तले सो भवन १ नम्बर प्रदेश सांसद कृष्णकुमारी राई, नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बाँस्तोलाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । साथै नगरकै पहिलो प्रसूति केन्द्र पनि उद्घाटन गरिएको थियो ।

उक्त स्वास्थ्यचौकीमा सरकारी दरबन्दीमा आठ स्वास्थ्यकर्मी र नगरको स्रोतबाट चार प्रसूति सेवाका लागि दक्ष स्वास्थ्यकर्मी र अन्य चार कार्यालय सहयोगीसमेत रहने भएका छन् । स्वास्थ्यचौकी हुँदै अस्पताल निर्माणको योजना अघि बढाइएको सो क्षेत्रमा नगरपालिकाले नमूना शहरको अवधारणा अघि सारेर केही काम थालिसकेको छ ।

स्वास्थ्य चौकीका लागि करिव रु चार करोड बराबरकोे साढे १२ कट्ठा जग्गा दान गर्ने बाबुराम राई, सुनाहाङ सवेन्हाङ, नारायण ढकाल, टंकप्रसाद गिरी, जध्दु शाह, केशवप्रसाद दाहाल, होमबहादुर गुरुङ, रामबहादुर गुरुङ, यक्षप्रसाद ढङ्गेल, छविलाल अधिकारी र मानबहादुर थापालाई सम्मान गरिएको थियो ।

यसैगरी उक्त भवन निर्माणमा उल्लेखनीय योगदान पु¥याउनुहुने जिल्लाका पूर्व जनस्वास्थ्य अधिकृत डा. नवराज सुब्बा, हसन्दह निवासी सन्तोष घिमिरे र पथरी गाविसका पूर्व सचिव मोहन भट्टराईलाई पनि सम्मान गरिएको थियो ।

आगामी दुई वर्षभित्र ५० श्ययाको पथरी प्राथमिक अस्पतालको समेत निर्माणको पहल भइरहेको र यसका लागि केही दाताले जग्गादान गर्ने वचन दिएको नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले बताउनुभयो । यसअघि सो चौकी १ नम्बर वडाको पथरी बजारमा थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युवाको भावना नबुझी राजनीतिक पुनर्जागरण सम्भव छैन : महासचिव पोखरेल

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu