ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिस नेपाल नर्थ अमेरिका २०१८ कि विजेता मोनिका घले घोषित


एबीसी न्यूज
२८ श्रावण २०७५, सोमबार   ९ : ४९   बजे
 
काठमाडौं, २८ साउन ।   न्यु योर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम १७ प्रतियोगीहरुको छनौट गरिएको थियो ।
 
प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ कि प्रथम बिजेता सुजाता लामा तथा द्वितीय बिजेता श्रीजना राई घोषित भएका छन ।
 
अगस्त ६ तारिख देखि तालिम सुरू भै अगस्त ११ तारिख शनिवार अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको छ । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यूयोर्क स्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त ११ तारिखमा सफलतापूर्वक सम्पन्न भएको छ ।
 
अन्तिम १७ जना प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु,मेक्सिको र क्यानडाबाट समेत सहभागिता रहेको थियो ।पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागी मध्ये दोस्रो चरणमा १० जना पुगेका थिए ।
 
दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०१८ कि बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।
 
प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकि थिईन । यसै गरि सन २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम तथा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिएका थिए ।
 
कार्यक्रममा मेगा प्रस्तुति बर्तिका एम राई ,हेमन्त राना ,बिक्की  गुरुङ ,धर्मबिर लामा तथा झंकार डान्स केन्द्र न्यू योर्कको अद्वितीय प्रस्तुति रहेको थियो । निर्णायकहरुमा क्रमस राजेन्द्र श्रेष्ठ, ईभन फ़ोर्ब्स ,स्लेतभाना क्रामर,जोली अमात्य र फ़ातिमा रूमा रहेका थिए ।
 
कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको छ |यसको साथै मिस ट्यालेन्टमा पूजा थापा, मिस कम्युनिटी आउटरिचमा अनुषा अधिकारी ,मिस पपुलर (जनता को मतद्वारा )मा स्वेता खड़का ,मिस फोटोजेनिकमा करुणा अधिकारी,मिस स्किनमा आकृति शाह ,मिस स्माईलमा सिर्जना राई,मिस वेस्ट ड्रेसमा संयुक्ता पुरी ,मिस पर्सोनालिटीमा सनम थापा,मिस डिसीप्लेनमा श्रद्धा केसी , मिस क्याटवाकमा मोनिका घले ,मिस फ्रेन्डसिपमा सुजाता लामा,मिस हेयरमा ज्योति गुरुग,मिस राईजिग स्टारमा स्‍मृति लामिछानेलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group