ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राससलाई प्रादेशिक ढाँचामा लैजान सकिन्छ: मुख्यमन्त्री पोखरेल


bhawani desk
२८ श्रावण २०७५, सोमबार   ११ : २३   बजे

बुटवल, २८ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय समाचार समितिलाई प्रादेशिक ढाँचामा बदल्न आग्रह गर्नुभएको छ ।

बुटवलमा मुख्यमन्त्री पोखरेलसँग आज राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’को नेतृत्वमा गएको टोलीसँगको छलफलमा उहाँले प्रादेशिक बुलेटिन प्रकाशनको अवधारणा प्रशंसनीय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– “प्रदेशको आफ्नो मिडिया छैन त्यसैले प्रादेशिक मिडिया इन्ष्टिच्युट खडा गर्न पनि सकिन्छ ।” उहाँले राससले समाचारको पनि स्रोत हुने क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै बाध्यताले होइन स्वभाविक तवरले राससको अपनत्व महसुस हुन सक्नुपर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले राससले सङ्घीय र प्रदेशसभा तथा स्थानीय तहका सबै सूचना सम्प्रेषणको जिम्मेवारी लिन सक्ने बताउँदै प्रादेशिक मनोविज्ञानलाई आत्मसात् गर्न सक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

राससका अध्यक्ष श्यामलले राससको कानूनी र संरचनागत रुपान्तरण गर्दै सङ्घ, प्रदेश र स्थानीय तहका विषयलाई जनताको अपेक्षाअनुसार गुणस्तरीय र विश्वसनीय समाचार सम्प्रेषण गर्ने कार्यलाई तीव्रता दिइएको बताउनुभयो ।

उहाँले राससको प्रादेशिक संरचनाको विकासको लागि प्रदेश सरकारबाट विशेष ध्यान जाने अपेक्षा गर्नुभयो ।

राससले प्रदेशका सबै सञ्चारमाध्यमका लागि मूल समाचार स्रोतको काम गर्ने तथा मिडिया परिचालनको नेतृत्व गर्न सक्ने भएकाले यस संस्थाप्रति प्रदेशले अपनत्वको भाव दर्शाउनुपर्ने अध्यक्ष श्यामलले बताउनुभयो । सो अवसरमा मुख्यमन्त्री पोखरेललाई अध्यक्ष श्यामलले राससको प्रदेश सेवा र समाचारको प्रभावकारिता सहितको प्रस्ताव हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group