ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समयमै पुल नबन्दा जिल्लावासी आक्रोशित


एबीसी न्यूज
३० श्रावण २०७५, बुधबार   १२ : १०   बजे

 

खोटाङ, ३० साउन  । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने साप्सु खोलामा निर्माणाधीन पुल दोस्रो पटक थपिएको म्याद गुजँदा पनि नबनेपछि जिल्लावासी आक्रोशित बनेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे जोड्ने ६५ मिटर लम्बाइ भएको पुलको अहिलेसम्म ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ । निर्माण कम्पनी देवसायर एण्ड कान्छाराम जेभीले आर्थिक वर्ष ०७४÷७५ असार मसान्तभित्रमा पुल निर्माण सम्पन्न गर्ने बताउँदै आएको थियो ।

रु ६ करोडको लागतमा १८ महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण थालिएको पुलको अझै ३० प्रतिशत काम बाँकी रहेको छ । फर्मा र रड अड्याएर ढलान गर्न ठड्याइएको फलामे टेको बगाएपछि निर्माण पछाडि धकेलिएको ठेकेदार कर्ण खत्रीले बताउनुभयो । “वर्षाका कारण पुलको काम असार मसान्तभित्रमा पूरा गर्न सकिएन”, उहाँले भन्नुभयो, “अहिले ७० प्रतिशत काम सकिएको छ, कात्तिकसम्ममा पूरा गर्छौं ।”

समयमा पुल निर्माण नहुँदा वर्षायाममा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । दिक्तेलबाट उदयपुर पुग्नका लागि सबैभन्दा छोटो मार्गको रूपमा रहेको पुल सम्झौता अवधिमा निर्माण नहुँदा जिल्लामा हुने सार्वजनिक कार्यक्रममै ठेकेदारविरुद्ध चर्को आलोचना हुने गरेको छ ।

पुल निर्माणको काममा ठेकेदारको ढिलासुस्ती देखिएको स्थानीयवासीको गुनासो छ । पुल निर्माण नहुँदा हिउँदभर सञ्चालन हुने दिक्तेल–रसुवाघाट सडक वर्षा लागेसँगै बन्द हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

प्रचण्ड–माधव बैठकपछि बागमती सरकारलाई राहत, ८ सांसद विश्वासको मत दिन सकारात्मक

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu