ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई हजार भन्दा बढी व्यापार,व्यवसाय उद्योग दर्ता


bhawani desk
३१ श्रावण २०७५, बिहिबार   ५ : ०६   बजे


अछाम,३१ साउन । घरेलु तथा साना उद्योग विकास समिति अछाममा हाल सम्म २ हजार ५ सय २ ओटा उद्योगहरु दर्ता भएका छन् ।

बाँणिज्य तर्फ २ हजार ४ सय ५९ र उद्योग तर्फ ७ सय ३६ र नयाँ ४३ गरी जम्मा २ हजार ५ सय २ ओटा उद्योगहरु घरेलु तथा साना उद्योग बिकास समितिमा दर्ता भएका समितिका सहलेखापाल बिबेक चौधरीले बताउनु भयो ।

१० ओटा स्थानीय तह मध्य सबै भन्दा बढी साँफेबगर नगरपालिकामा संचालनको अनुमती लिएर ७ सय ४० ओटा उद्योग दर्ता भएका छन । जस मध्य बाणिज्य तर्फ ५ सय ४७ र उद्योग तर्फ १ सय ९३ रहेका छन् ।

यस्तै मंगलसेन नगरपालिकामा संचालनको अनुमती लिएका बाणिज्य तर्फ ४ सय ९० र उद्योग तर्फ २ सय ४८ गरी ७ सय ३८, कमलबजार नगरपालिकामा बाणिज्य तर्फ २ सय ६४ र उद्योग तर्फ २८ गरी २ सय ९२, पञ्चदेवल बिनायक नगरपालिकामा संचालनका लागी अनुमती लिएका बाणिज्य तर्फ २ सय र उद्योग तर्फ ४२ गरी २ सय ४२, र बान्निगढी जयगढ गाँउपालिकामा संचालनको अनुमती लिएर बाँणिज्य तर्फ १ सय ७ र उद्योग तर्फ ५५ गरी जम्मा २ सय ४२ उद्योगहरु दर्ता भएका घरेलु तथा साना उद्योग बिकास समिति अछामले जनाएको छ ।

यसैगरी चौरपार्टि गाँउपालिकामा संचालनको अनुमती लिएका बाणिज्य तर्फ १ सय ७९ र उद्योग तर्फ ४३ गरी २ सय ३२, तुर्माखाँद गाँउपालिकामा संचालनको अनुमती लिएर बाणिज्य तर्फ १ सय ७२ र उद्योग तर्फ ४० गरी जम्मा २ सय १२, मेल्लेख गाँउपालिकामा बाणिज्य तर्फ १ सय ४५ र उद्योग तर्फ ४९ गरी १ सय ९४, रामारोसन गाँउपालिकामा संचालनको अनुमती लिएका बणिज्य तर्फ १ सय ३६ र उद्योग तर्फ २७ गरी १ सय ६३ र ढकारी गाँउपालिकामा संचालनको अनुमती लिएर बणिज्य तर्फ १ सय ३९ र उद्योग तर्फ ११ गरी जम्मा १ सय ५० उद्योगहरु दर्ता भएका जिल्ला घरेलु तथा साना उद्योगका सहलेखापाल बिबेक चौधरीले जानकारी दिनु भयो ।

घरेलु तथा साना उद्योग बिकास समितिले कोल्ड स्टोर, खुद्रा पसलहरु, जनरत स्टोर र एग्रोभेट जस्ता ब्यवशायलाई बाँणिज्य र कुटानीपिसानी मिल, फर्निचर, कन्ट्रक्सन, दालमोट उद्योग, सिस्नो पाउडर बनाउने, हाते कागज, चाउमिन उद्योग, नर्सरी फर्म, कुखुरा, बाख्रा फर्म र आरन व्यवशायलाई उद्योग गरी दुई भागमा बिभाजन गरेको बताईएको छ ।

यस्तै घरेलुले गत आर्थिक बर्षमा २७ लाख ७९ हजार ६ सय ६० रुपयाँ राजस्व संकलन गरेको छ । समितिले प्रशासनिक दस्तुर ९१ हजार २ सय र प्राईभेट फर्महरु दर्ता तथा नबिकरण बापत २६ लाख ८ हजार ४ सय ६० रुपयाँ राजस्व संकलन गरेको सहलेखापाल चौधरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group