ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई दर्जन भाषाका कविता अनुवाद गरिने


bhawani desk
३ भदौ २०७५, आइतबार   ३ : १४   बजे

 काठमाडौं ,३ भाद्र । दोस्रो विश्व नेपाली साहित्य सम्मेलनले नेपालभित्र बोलिने सबै मातृभाषाको साहित्य तथा नेपाली पहिचान भएका मातृभाषामा लेखेका साहित्यलाई ‘नेपाली साहित्य’ मान्ने परम्परामा गौरव व्यक्त गरेको छ ।

विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजना र बेलायतको सबैभन्दा जेठो नेपाली संस्था नेपाली साहित्य विकास परिषद्को सहआयोजनामा बेलायतको क्यान्टवरी विश्वविद्यालयमा गत साता आयोजित सम्मेलनले आठबुँदे घोषणापत्र जारी गर्दै नेपाली (खस जुम्ली) भाषाले देवनागरी लिपिमा लेखिई नेपाली पहिचान र प्रतिष्ठा प्राप्त गरिसकेकाले सोको सम्वृद्धिका निम्ति हरप्रकारको कार्य गर्ने तथा नेपालभित्र बोलिने १२३ भाषामध्ये करीब दुई दर्जन भाषाका कवितालाई अन्य भाषामा अनुवादसहित प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गर्ने कार्यलाई निरन्तरता दिने बताउँदै सम्मेलनले नेपाली वर्णविन्यास २०६९ र मानक नेपाली भाषा अभियान २०७४ दुवैको योगदानको उच्च सम्मान गर्दै नेपाली लेखनलाई ध्वनि विज्ञानसम्मत लैजान आग्रह गरेको छ ।

त्यस्तै देश बाहिर रहेका नेपाली साहित्यका स्रष्टालाई गुणस्तरको आधारमा मूल्याङ्कन गरी सम्मान गर्न तथा नेपाली युद्ध साहित्यको व्यापक पठनपाठन गराउन माग गरेको छ ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवस, समालोचक प्रा डा गोविन्दराज भट्टराई र महासङ्घका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले उद्घाटन गर्नुभएको सम्मेलनमा पाँच शीर्षकमा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

जर्मनेली प्रा बि सेन्लरले ‘पल्पसा क्याफे’ उपन्यास र बुद्धत्व, प्रा डा भट्टराईले विश्व साहित्यमा नेपाली साहित्यको स्थान, गीतकार भावेश भुमरीले नेपाली गीत लेखन, विजय हितानले बेल्पाली(बेलायती नेपाली) साहित्यकार र युद्ध साहित्य तथा अध्यक्ष तिगेलाले नेपाली साहित्यको चिन्तन, परिभाषा र लेखनमा सुधारको अपरिहार्यता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा कवि दिवसले नेपालभित्र बोलिने सम्पूर्ण भाषाको साहित्य नेपाली साहित्य हो भन्नुभयो । वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले नेपाली साहित्यको विकृति तथा प्रवासी साहित्यकार तथा प्रा डा नोवलकिशोर राईले संमग्र नेपाली साहित्यका बारेमा बोल्नुभयो । त्यस्तै अष्ट्रियाबाट सहभागी सेला स्टेनरले साहित्यकार झमक घिमिरेबारे बनेको चलचित्रको झलकसहित जानकारी दिनुभयो । सम्मेलनमा भारत, भाक्सुबाट मित्रसेन प्रतिष्ठानका संरक्षक वयोवृद्धा प्रतिमा दोधराजको पनि उपस्थिति थियो ।

सो अवसरमा साहित्य महासङ्घले प्रदान गर्ने नेपाली साहित्यको दूत (सगरमाथा) २०१८ कवि दिवसलाई तथा नेपाली साहित्य दूत (धौलागिरि) २०१८ लक्ष्मी थापा (लारा) लाई ताम्रपत्रसहित प्रदान गरिनाका साथै विश्व नेपाली महासङ्घमा आबद्ध स्रष्टाको संकलित रचनाको संँगालो ‘विनेसाम दर्पण’, कृष्णप्रकाश श्रेष्ठद्वारा रुसीबाट नेपालीमा अनुदित कविताकृति ‘रुसी पल्लव’, प्रा डा भट्टराईको ‘मेरो पहिलो बेलायत यात्रा’, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय सहसचिव सुनिता कन्दङ्वाको ‘एक जुवा घाम’ शीर्षक कविताकृति तथा बेल्पाली कवि जानु काम्बाङको ‘नउघ्रेको जून’ केदार संकेतको ‘बुद्धल्याण्ड टु मदरल्याण्ड’ लोकार्पण गरिएको थियो ।

सम्मेलनको दोस्रो दिन १८ औँ शताब्दीका साहित्यकार डिकिन्सको घर ब्रोडस्टेयर्सको भ्रमण गरिएको थियो । पहिलो विश्व नेपाली साहित्य सम्मेलन विसं २०७० कात्तिक ८ गते काठमाडौँमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group