ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होमस्टे चलाउन माडी थारु समुदाय सीप सिक्दै


bhawani desk
३ भदौ २०७५, आइतबार   ५ : १६   बजे

रत्ननगर,,३ भाद्र । दक्षिण चितवनको माडी थारु समुदाय सामुदायिक होमस्टे (घरबास) सञ्चालनका लागि सीप सिक्न थालेको छ । माडी नगरपालिका–३ बघौडामा होमस्टे सञ्चालनका लागि उनीहरुले विभिन्न क्षेत्रका होमस्टेको स्थलगत अध्ययन थालेका छन् ।

बघौडा सामुदायिक होमस्टेका संयोजक ओमप्रकाश महतोले नवलपुरको अमलटारीमा रहेको नमूना होमस्टे, देवचुली नगरपालिकामा रहेको पिपरा र बरौली होमस्टे तथा कावासोतीको अमलटारी होमस्टेको भ्रमण गरेर जानकारी लिएको बताउनुभयो ।

“साह्रै राम्रो लाग्यो, थारु संस्कृति जोगाउन, जीविकोपार्जन गर्न होमस्टेले फाइदा नै गर्ने रहेछ,” उहाँले भन्नुभयो, “निम्नस्तरकालाई आम्दानी गर्न निक्कै सहयोगी हुने रहेछ ।” उहाँले छिट्टै माडी नगरपालिका–३ बघौडामा होमस्टे खोल्ने सोच बनाएको बताउनुभयो । उहाँसँगै बघौडाका अन्य थारु समुदाय पनि होमस्टे सञ्चलालनको बारेमा जानकारी लिन विभिन्न क्षेत्रका होमस्टेको भ्रमण गर्न थालेका छन् ।

माडी नगरपालिकालगायत विभिन्न सङ्घ संस्थाको सहयोगमा माडीमा पर्यापर्यटनको विकासका लागि होमस्टे थप्ने निर्णय भएपछि यहाँका थारु समुदायहरुको सक्रियता बढेको हो ।

माडी पर्यटन विकास समितिका सचिव गोविन्द न्यौपाने होमस्टेको बारेमा जानकारी नभएकाले उहाँहरूलाई भ्रमण गराएको बताउनुभयो । माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोको संयोजकत्वमा माडीका थारु समुदायसहितको सहभागितामा शनिबार ४९ जनाको टोलीले होमस्टेको अवलोकन भ्रमण गरेको छ ।

भ्रमण टोलीमा माडी नगरपालिका–३ का अध्यक्ष पुरन महतो, थारु कल्याणकारीणी चितवनका अध्यक्ष ललित चौधरी, नेपाल जनजाती महासङ्घ माडीका अध्यक्ष रामेश्वर महतो, पर्यटन विकास समिति माडीका सचिव गोविन्द न्यौपाने, सीप नेपालकी अध्यक्ष इन्दिरा विकलगायतको सहभागिता थियो ।

कृषि र इको पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा पर्यटन विकासका लागि थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख ठाकुर ढकाल बताउनुहुन्छ । यस वर्ष माडीका आदिवासी जनजाति समुदायका बस्तीमा ४० भन्दा बढी होमस्टे निर्माण गर्ने नगरपालिकाको योजना छ । मुख्यगरी थारु, बोटे र राईका होमस्टे थपिने ढकालले बताउनुभयो ।

माडीको नगरसभाले होमस्टे बनाउन रु ७५ लाख छुट्याएको छ । माडी नगरपालिका–८ शिवद्धारमा विगत केही वर्षदेखि मगर समुदायको होमस्टे सञ्चालनमा छ । स्थानीय रहनसहन संस्कृतिका साथै मौलिक खाना पाइने र घरायसी वातावरणमा रम्न सकिने गरी होमस्टे निर्माण हुनेछन् ।

यस वर्ष माडी नगरपालिका–१ वनकट्टामा बोटे समुदायकोे १५, वडा नं ३ बघौडामा १० थारु होमस्टे र वडा नं ९ को राईटोलमा ८ राई होमस्टे निर्माण गर्ने योजना नगरपालिकाको छ । यस्तै शिवद्धारमा रहेको ११ होमस्टेको स्तरोन्नतिसहित ९ थपेर २० पु¥याउने लक्ष्य राखिएको छ । चितवन निकुञ्जसँगै जोडिएको छ माडी विभिन्न धार्मिक कुण्ड तथा क्षेत्रले धार्मिक पर्यटनका हिसाबले अब्बल छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group