ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई महिनादेखि सदरमुकाममै यातायात बन्द


एबीसी न्यूज
४ भदौ २०७५, सोमबार   ११ : ३८   बजे

जाजरकोट, ४ भाद्र ।  खलङ्गा–पाँचकाटिया सडक वर्षात्सँगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण अवरुद्ध भएको छ ।

दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भएको छ भने जाजरकोट भएर डोल्पा र रुकुम जाने यात्रु तथा व्यापारीले समेत निकै कठिनाइ व्यहोर्नु परेको छ ।

सडक विभाग, भेरी नगरपालिकालगायत निकायले अवरुद्ध सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ । सडक अवरुद्ध भएपछि कुशे र बारेकोटका बासिन्दा दुई-.तीन दिनको पैदल हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् ।

त्यस्तै, उक्त सडकमा यातायातका साधन नचल्दा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा पनि समस्या भएको छ । घोडा, खच्चड र भरियाको माध्यमबाट ढुवानी गरिएको खाद्यान्नको मूल्य आकासिएको स्थानीय उपभोक्ताको गुनासो छ । यातायातको असुविधा भएपछि त्यस क्षेत्रका बिरामीलाई उपचारका लागि बाहिर लैजान स्ट्ेरचरको सहारा लिनुको विकल्प छैन ।

बाढी, पहिरो, हिलोलगायत कारण पाँचकाटिया सडकमा दुई महिना यातायात बन्द हुँदा सास्ती भएको बारेकोट १, रामीडाँडाका दलबहादुर बुढाले बताउनुभयो ।
सडक मर्मत सुधार नहुँदा पाँचकाटिया मात्र होइन, जिल्लाका अन्य ग्रामीण सडकमा पनि यातायात सञ्चालन हुन सकेका छैनन् । सदरमुकाम खलङ्गादेखि जिल्लाका विभिन्न भागमा जाने ग्रामीण सडक मर्मत सुधार गर्न सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीय बासिन्दा मर्कामा परेका हुन् ।

खलङ्गादेखि उत्तरी भेगका बारेकोट, कुशे, जुनीचाँदे, मजकोट, कार्कीगाउँ, बाटुले, दशेरा, सीमालगायतका बासिन्दा बढी मर्कामा परेका छन् ।
वर्षेनी वर्षात् पछिका तीन-चार महिनासम्म स्थानीय बासिन्दाले आवतजावतमा निकै सास्ती बेहोर्नुपरेको जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो ।

कतिपय सडकमा पहिरोले पैदल हिँड्ने अवस्था पनि नभएको उहाँले बताउनुभयो । सडक निर्माणका नाममा हरेक वर्ष करोडौँ रकम खर्च हुँदै आएको उहाँको भनाइ छ ।

(रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसद आशिका तामाङको व्यवहारप्रति मेयर फोरमको आपत्ति

राजदूत नियुक्ति प्रक्रिया अझै अल्झियो, २ हजार ७ सय आवेदनबाट छनोट

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu