ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्वन्द्वकालमा पार्टीको झण्डा बनाए, अहिले साइनबोर्ड


bhawani desk
५ भदौ २०७५, मंगलबार   २ : ०८   बजे

बैतडी ,५ भाद्र । दश वर्ष लामो सशस्त्र संघर्षका बेला उनले झण्डा, तुुल, ब्यानर बनाउँदै हिँडे, वाल पेन्टिङ गरे । जानेको सीप त्यही थियो । अहिले उनी यही पेशाबाट जीवन धान्छन् र यस पेशाबाट आर्जित पैसाबाट समाज सेवा गर्ने पवित्र सोच राख्छन् ।

द्वन्द्वकालमा भूमिगत भएर क्रान्तिमा होमिएका बैतडी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका जनक बहादुर चन्दलाई अक्षर लेख्ने र कुची, रङ्ग र ब्रससँग खेल्ने काम नै रमाइलो लाग्छ ।

तत्कालीन माओवादी पार्टीभित्र पनि चित्रकलाकै काम गरेका ३६ वर्षीय युवक जनकले हिजोआज अक्षर लेखेर मासिक ३० हजार रुपैयाँ कमाउँछन् । उनी मुख्यतया साइनबोर्ड, ब्यानर र होर्डिङ बोर्ड लेख्ने काम गर्छन् । दोगडाकेदार गाउँपालिकामा हुने कार्यक्रमहरुका लागि तुल, ब्यानर बनाउने र विभिन्न संघ संस्थाका नारासहितका होर्डिङ बोर्ड लेख्ने उनको दिनचर्या हो ।

उनले पहिलो पटक पढाइको सिलसिलामा महेन्द्रनगरमा दाइ गणेश चन्दले यसरी चित्र र अक्षर कोरेको देखेका थिए । प्रदेश ७ (सुदूरपश्चिम) मा ख्याति कमाएको गणेश आर्ट कञ्चनपुरको महेनद्रनगर बजारमा अवस्थित छ ।

गणेश आर्ट विस २०५१ सालमा र २०५४ सालमा गरी दुई पटक आर्टिस्ट प्रतियोगितामा प्रथम भएको थियो । शुरुमा महेन्द्रनगरमै चित्रकला सिकेका जनकले दाइकैै पदचिन्हलाई पछ्याएका हुन् । अहिले त्यही गणेश आर्टको शाखा खोचलेकमा सञ्चालन गरेर उनी यही कलाकारितामा समर्पित रहिआएका छन् ।

पार्टीका विभिन्न मोर्चा र कार्यक्रममा खटिँदा त्यतिबेला बैतडीका माओवादी नेता भुवनचन्द्र विश्वकर्मा (शान) ले पार्टीका लागि व्यानर र झण्डा लेखेको उनले कैयौं पटक देखेका थिए । भुवनको यो सीपबाट प्रभावित भएर जनकले लेख्न शुरु गरेका रहेछन् ।

आफ्नो कलामा निखार आएपछि पार्टीले जनकलाई यही कामको जिम्मा दियो । उनीसँग द्वन्द्वकालमा लाखौं ब्यानर र झण्डा लेखेको स्मरण छ ।

पार्टी शान्ति प्रक्रियामा आइसकेपछि २०६४ सालको संविधानसभाको निर्वाचन अघिको एक महिनाको अवधिमा मात्रै उनले पार्टीका ११ हजार झण्डा, १ हजार ब्यानर र ५८ होडिङ बोर्ड लेखेको उनी सगर्व सुनाउँछन् ।

देश र दुनियाँ बदल्न भूमिगत भएर हिँड्दाका दिन पार्टीका लागि गरेको कामलाई श्रमदान सम्झने उनी भन्छन् – एक रुपैयाँ नलिई काम गरें । जति गरें पार्टीकै लागि गरें ।”

पार्टीले सहयोग नगरेकामा उनको कुनै गुनासो छैन । आफ्नो सानै योगदानबाट भएपनि देशमा संघीयता आएकामा उनी खुशी छन् ।

उनी भन्छन् – पार्टीले म जस्ता सीप र क्षमता भएका अन्य साथीहरुलाई रोजगार दिनुपर्छ । शान्ति प्रक्रियामा आइसकेपछि पार्टीले कार्यकर्ता व्यवस्थापनका नाममा विभिन्न योजनाको अध्यक्ष बनेर गुजारा गर्न सिकाए पनि आफूले पार्टीसँग कुनै योजना नमागेको र अहिलेसम्म कुनै पनि समितिको अध्यक्ष नबनेको उनी बताउँछन् । “गाउँदेखि केन्द्रसम्मका कुनै पनि योजना तथा निर्माण समितिमा बसेको छैन,” उनले भने – “आफ्नो सीप र पौरखले खाने हो ।”

विसं २०७४ फागुनदेखि आर्ट व्यवसाय थालेका जनक मागेर हैन गरेर खानुपर्छ भन्ने मान्यता राख्छन् । उनी यही पेशालाई निरन्तरता दिन चाहन्छन् ।

उनले पार्टीमा रहँदा योङ्ग कम्युनिष्ट लिगको जिम्मा पनि लिए । आर्ट विभागको जिम्मा त थियो नै ।

विसं २०६५ मा बैतडीको इलाका नं १० को इलाका सचिव हुदै जिल्ला कमिटी सदस्य बने उनी । यसका साथै उनी एकता पूर्व सम्पन्न केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य समेत बने ।

दोगडाकेदार गाउँपालिकाको खोचलेक बजारमा व्यावसायिक रुपमा साइन बोर्ड लेख्न शुरु गरेपछि आफूलाई गाउँपालिकाले सहयोग गरेको जनक बताउँछन् । उनले भने – “मेरो कला देखेर गाउँपालिकाले मलाई सहयोग गरेको हो ।

गाउँपालिकाभित्रका सबै वडा कार्यालय र योजनाहरुको साइनबोर्ड लेख्ने काम दिएर ठूलो सहयोग ग¥यो ।” मध्यम वर्गको घरपरिवारमा हुर्केका जनकले श्रीमतीसहित दुई सन्तानको लालनपालन राम्रैसँग गर्दैआएका छन् ।

एक लाख ५० हजार रुपैयाँ ऋण गरेर यो पेशा शुरु गरेका जनकला कच्चा पदार्थको अभावले बेलाबेलामा सताउने गर्छ । उनका अनुसार कच्चा पदार्थका लागि भारतीय बजार धाउनुपर्छ ।

गाउँपालिकामै साइनबोर्ड लेखाउने सुविधा भएपछि जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता नभएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group