ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बृहत् साहित्य सम्मेलन ‘स्मारिका’ विमोचन


एबीसी न्यूज
५ भदौ २०७५, मंगलबार   ४ : ३४   बजे

रोल्पा, ५ भाद्र । बृहत् साहित्य सम्मेलन मूल आयोजक समिति रोल्पाले प्रकाशन गरेको ‘स्मारिका’ आज लिवाङमा विमोचन गरियो ।

गत जेठ २० देखि २२ गतेसम्म रोल्पा सदरमुकाम लिवाङमा सञ्चालित बृहत् साहित्य सम्मेलन २०७५ का सम्पूर्ण गतिविधि समेटेर उक्त स्मारिका प्रकाशन गरिएको हो । स्मारिकामा साहित्य सम्मेलनमा भएका गतिविधि, वाचन गरिएका रचना तथा सम्मेलनप्रति विभिन्न व्यक्तिले व्यक्त गरेका धारणा समावेश गरिएको छ ।

दशवर्षे द्वन्दले एक प्रकारको पहिचान बनाएको रोल्पालाई साहित्य सम्मेलनले अर्को पहिचान बनाउन सघाएको कार्यक्रमका वक्ताले आंैल्याएका थिए । “धेरै मान्छेलाई अझै पनि रोल्पाप्रति नकारात्मक धारणा छ, त्यसलाई चिर्न सम्मेलन र स्मारिकाले सघाउ पु¥याएको छ,” रोल्पा नगरपालिकाका नगरप्रमुख पूर्ण केसीले भन्नु भयो ।

साहित्यमार्फत जिल्लाको पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यसहित रोल्पा नगरपालिकाको आयोजनामा उक्त सम्मेलन भएको थियो । सम्मेलनलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो ।

सम्मेलन हरेक वर्ष गर्न विभिन्न व्यक्ति र संस्थाले सहयोगको आश्वासन दिएकाले निरन्तता दिने सोच बनाएको मूलसमारोह समितिका संयोजक डिबी.टुहुरोले भन्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री किरण थापाको प्रतिबद्धता : ‘आश्वासन होइन, परिणाम देखाउने सरकार बनाउँछु’

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu