ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली श्रमिकका समस्याबारे युएईमा छलफल


bhawani desk
८ भदौ २०७५, शुक्रबार   २ : ५४   बजे

काठमाडौं, ,८ भाद्र । रोजगारीका क्रममा नेपालीले भोग्नुपरेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय भेला संयुक्त अरब इमिरेट्स (युएई) मा शुरु भएको छ । युएइको दुबईस्थित ग्राण्ड एक्सिलर होटलमा आयोजना गरिएको भेलाको आज खानेपानी मन्त्री बीना मगरले उद्घाटन गर्नुभयो ।

भेलामा रोजगारीका क्रममा वा व्यवसाय सञ्चालनका लागि मध्यपूर्वका देशमा नेपालीले भोग्नुपरेका समस्याका बारेमा गहन छलफल हुने एनआरएनएका प्रवक्ता भुषण घिमिरेले बताउनुभयो ।

भेलाले काम गर्ने क्रममा दुर्घटनामा परी मृत्यु तथा अङ्गभङ्ग, स्वास्थ्य र सुरक्षाका बारेमा चेतनाको कमी, स्थानीय भाषा र कानूनी ज्ञानको कमी तथा सूचनाको अभावमा जेल जीवन बिताउनुपर्ने समस्या न्यूनीकरणका लागि सुझाव पेस गर्ने उहाँले बताउनुभयो ।

रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएको व्यक्तिका परिवारले पाउने क्षतिपूर्ति तथा आर्थिक सहायतालाई सहज बनाउने विषयमा पनि भेलामा छलफल हुनेछ । विप्रेषण (रेमिट्यान्स)लाई उत्पादनशील क्षेत्रमा लगानी, विदेशमा सिकेको ज्ञान तथा सीपलाई नेपालको विकासमा उपयोग र वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि गर्ने विषयमा पनि छलफल हुने प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

रोजगारीमा जाने व्यक्तिलाई सीपमूलक तालीम, स्थानीय भाषा, संस्कृति र कानूनका बारेमा अभिमुखीकरण, स्वदेश फर्केका व्यक्तिलाई उद्यममा लाग्न प्रोत्साहन गरी समाजमा पुनःस्थापना र समायोजन गर्ने विषयमा पनि भेलाले निष्कर्ष निकाल्ने उहाँले बताउनुभयो ।

भेलाले विदेशस्थित नेपाली नियोगमार्फत श्रम स्वीकृति प्रदान गर्ने, श्रम सीप बैंकको स्थापना, वैदेशिक रोजगारीमा गएका व्यक्तिका लागि सञ्चय कोषको व्यवस्थाका लागि रोजगारदाता मुलुकसँग पहल गर्न सरकारको ध्यानाकर्षण गराउने बताइएको छ ।
भेलामा नेपालको तर्फबाट खानेपानी मन्त्री मगर, पूर्वश्रममन्त्री रमेश लेखक, श्रम र अन्य सरोकारवाला निकायका प्रतिनिधि तथा कतार, युएई, बहराइन, कुवेत, साउदी अरेबिया र ओमानको राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीको सहभागिता रहेको छ । ‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार: ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ नारासहित बिहीबारदेखि शुरु भएको भेला शनिबार सम्पन्न हुनेछ ।

नेपालमा भित्रने रेमिट्यान्सको करीब ६० प्रतिशत मध्यपूर्वका देशबाट आउने बताएको छ । एनआएनएले स्थापनाकालदेखि नै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सम्मानित बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group