ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैह्र सैनिकलाई छ करोड भन्दा बढि छात्रवृत्ति प्रदान


एबीसी न्यूज
१० भदौ २०७५, आइतबार   ११ : ५५   बजे

काठमाडौं,१० भाद्र । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले एक वर्षको अवधिमा गैह्र सैनिकतर्फ रु ६ करोड २९ लाख ४९ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

उक्त संस्थानमा आव २०७४÷७५ मा ९६ गैह्र सैनिकका सन्ततिलाई अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको सैनिक कल्याणकारी कोषले जनाएको छ । सोही आर्थिक वर्षमा चिकित्सा शास्त्र महाविद्यालयमा ६५, नर्सिङ महाविद्यालयमा ३३ र कलेज अफ मेडिकल पोलिटेक्निकमा अध्ययनरत २७ गैह्र सैनिक परिवारका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध रहेको सैनिक कल्याणकारी निर्देशक सहायकरथी रघु भण्डारीले जानकारी दिनुभयो ।

उक्त कोषद्वारा सञ्चालित मुलुकका आठ सैनिक महाविद्यालयमा हाल आठ हजार ३३८ विद्यार्थीले अध्ययन गरिरहेका छन् । त्यसमध्ये गैह्रसैनिक परिवारका विद्यार्थी सङ्ख्या दुई हजार ८८७ छ । अब्बल नतिजाका कारण केही वर्षयता मुलुकको शिक्षा क्षेत्रमा सैनिक महाविद्यालय विद्यार्थीको पहिलो रोजाइको केन्द्र बन्दै आएको छ ।

सैनिक महाविद्यालयमा कूल विद्यार्थी सङ्ख्याको ३५ प्रतिशत गैह्र सैनिकका लागि प्रदान गर्दैआएको नेपाली सेनाले जानकारी दिएको छ ।

अवाललाई निःशुल्क शिक्षा

गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पमा परी २२ घण्टापछि सकुशल उद्धार गरिएका भक्तपुर मूलढोकाका सोनिस अवाललाई सेनाले निःशुल्क अध्ययनको व्यवस्था मिलाएको छ । नेपाली सेनाको तर्फबाट शैक्षिकवृत्ति अन्तर्गत कक्षा ५ सम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा पढाउन ‘प्रधानसेनापति प्राकृतिक प्रकोप राहत कोष’ बाट वार्षिक ५० हजार उपलब्ध गराइनेछ ।

अवाललाई कक्षा ६ देखि भने सैनिक आवासीय महाविद्यालय भक्तपुरमा निःशुल्क अध्ययनको व्यवस्था मिलाउने सैनिक कल्याणकारी निर्देशक सहायकरथी भण्डारीले जानकारी दिनुभयो ।

यसैबीच, कोषद्वारा सञ्चालित निकायमा हाल एक हजार ५१६ शिक्षक र एक हजार ४२६ कर्मचारी गैह्र सैनिक रहेको जनाइएको छ । सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट हालसम्म एक हजार गैह्र सैनिकले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन् । कल्याणकारी कोषबाट सञ्चालित संस्थामा गैह्र सैनिकका लागि प्रदान गरिएको सेवा सुविधाले सैनिक र नागरिकबीचको सम्बन्ध विस्तारमा ठूलो योगदान पुगिरहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu