ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापार, यातायात, जनता–जनताबीच र डिजिटल कनेक्टिभिटी आवश्यक – भारतीय प्रधानमन्त्री मोदी


एबीसी न्यूज
१४ भदौ २०७५, बिहिबार   ६ : ४४   बजे

काठमाडौं, १४ भाद्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य देशहरूका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् ।

काठमाडौंमा बिहिवार चौथो बिमस्टेक शिखर सम्मेलनको उदघाटन गर्दै मोदीले महिला सांसद्हरूका लागि बिमस्टेकस्तरीय साझा मञ्च बनाउन प्रस्ताव गरे ।

शान्ति र समृद्धि सबैको चाहना भए पनि अहिलेको युगमा कसैले पनि एक्ला–एक्लै केही गर्न नसक्ने भन्दै मोदीले सदस्य देशहरूबीच कनेक्टिभिटीमा जोड दिए । खास गरी व्यापार, यातायात, जनता–जनताबीच र डिजिटल कनेक्टिभिटी आवश्यक रहेको उनको भनाइ छ ।
दुई दिने सम्मेलनमा मन्तब्य व्यक्त गर्दै मोदीले बिमस्टेक देशको अर्थतन्त्रमाथि उकास्नका लागि समुन्द्री अर्थतन्त्र र साईबर अर्थतन्त्रमा जोड दिनुपर्ने बताए ।
आर्थिक समृद्धिका लागि युवा र प्रविधिलाई जोड्नु पर्ने बताउँदै भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशका विभिन्न विश्व विद्यालयमा छात्रवृत्तिको प्रस्ताव अघि सारे । उनले बिमस्टेक क्षेत्रका देशका विद्यार्थीका लागि नालन्दा लगायतका विश्वविद्यालयमा छात्रवृत्तिको अफर गरेका हुन ।

सम्मेलनमा मोदीले भारत बिमस्टेक स्टार्टअप, अन्तर्राष्ट्रिय बुद्धिस्ट सम्मेलन, बिमस्टेक डिजिटल मल्टिनेसनल सम्मेलन गर्न लागेको उल्लेख गरे ।
बंगालको खाडीदेखि उच्च हिमालसम्म फैलिएको बिमस्टेक क्षेत्र बाढी, भूकम्प, आँधीजस्ता प्राकृतिक प्रकोपको जोखिममा रहेको भन्दै यसको सामना गर्न संयुक्त प्रयास आवश्यक रहेको मोदीले बताए ।

प्राकृतिक प्रकोप उद्धारका लागि भारतले संयुक्त सैनिक अभ्यास आयोजना गरिएको उनले जानकारी दिए । आगामी सेप्टेम्बरमा हुने बहुदेशीय फिल्ड ट्रेनिङ माइलेक्स र स्थल सेना प्रमुखहरूको सम्मेलन गर्न लागेको मोदीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज केही क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

बाढी अनुसन्धान जारी : ‘आइस–रक एभालान्च’ र अस्थायी नदी अवरोधको कोणबाट वैज्ञानिक अध्ययन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज केही क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

बाढी अनुसन्धान जारी : ‘आइस–रक एभालान्च’ र अस्थायी नदी अवरोधको कोणबाट वैज्ञानिक अध्ययन

Judge Denies Bid to Force Texas to Extradite ICE Agent

US Disrupts Alleged Chinese Hacking Operation Targeting Government Agencies

Xi Jinping Orders ‘All-Out’ Response After Mudslide Kills Three, Leaves Hundreds Missing

Chinese Premier Urges Focus on Autumn Grain Harvest

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu