ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीले पार्टीप्रति प्रतिबद्ध भएर काम गर्नुहुँदैन : सभापति देउवा


bhawani desk
२० भदौ २०७५, बुधबार   १ : १४   बजे

काठमाडौं,२० भाद्र । नेपाल निजामती कर्मचारी युनियन(सङ्घ) ले हिजो यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताले अहिले संशोधनका लागि प्रस्तुत गरिएको कर्मचारीसम्बन्धी ऐनले समग्र कर्मचारीको हित नगर्ने धारणा राख्नु भएको छ ।

उहाँहरुले उक्त विधेयक फिर्ता गर्नुपर्ने माग पनि गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी संयन्त्रलाई पार्टीप्रति प्रतिबद्ध कर्मचारीतन्त्र बनाउन खोजेको विचार व्यक्त गर्नुभयो ।

देउवाले थप्नुभयो, कर्मचारीले पार्टीप्रति प्रतिबद्ध भएर काम गर्नुहुँदैन भन्ने मान्यता काँग्रेसको छ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कम्युनिष्ट सरकारको काम तथा व्यवहारबाट जनता निराश भएको बताउनुभयो ।

पूर्वमन्त्रीहरु शङ्कर भण्डारी र कमला पन्तले सङ्घीयता नेपालमा पहिलो पटक लागू भएकाले केही समस्या भएको भए पनि कर्मचारी इमान्दारीपूर्वक काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

आधिकारिक टे«ड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, युनियन(सङ्घ) का पूर्वमहासचिव जितबहादुर कँडेल, पूर्वअध्यक्ष सुबोधकुमार देवकोटा, शोभाकर रेग्मी तथा वर्तमान अध्यक्ष गोपालप्रसाद पोखरेलले हालै सरकारले संशोधनका लागि ल्याएको सङ्घीय निजामती सेवा ऐनजस्ताको तस्तै पारित गर्न नहुने बताउँदै तत्काल फिर्ता गर्न माग गर्नुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले नेपाल निजामती कर्मचारी युनियन(सङ्घ) मा रहेर योगदान दिने पूर्वउपाध्यक्ष रुद्र खनाललाई रु ५१ हजार नगदसहित सम्मान गर्नुभयो । त्यस्तै ७२ जना पूर्वकर्मचारीलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

Deepening Industry–Education Integration and Cultivating Youth Talent

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu