ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मापदण्ड नमान्नेहरु कार्वाहीमा पर्छन् : मन्त्री मगर


एबीसी न्यूज
३० भदौ २०७५, शनिबार   १ : ३७   बजे


काठमाडौं, ३० भाद्र । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका ४० वटा बोरिङ र ती बोरिङबाट पानी सप्लाई गर्ने ट्याङ्करहरुमा छड्के अनुगमन गरेको छ ।

शनिबार बिहान खानेपानी मन्त्री बिना मगर, खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर सहितको टोलीले उपत्यकाका ४० बोरिङ र सयौं ट्याङ्करहरुको छड्के अनुगमन गरेको हो । मन्त्रालयले ५ वटा टोली बनाएर उपत्यकाका बोरिङ र ट्याङ्करहरुको अनुगमन गरेको    छ ।

मन्त्री मगरले गोदावारी, हरिसिद्धी, सिद्धी विनायक, बाँसबारी लगायतका स्थानमा रहेका बोरिङ र पानी ओसार्ने ट्याङ्करहरुको निरीक्षण गरेकी हुन् । मन्त्रालयको टोलीले चावहिल, गौशाला, बालाजु, चोभार, ठूलोभ¥र्याङ, जोरपाटी लगायत उपत्यकाका विभिन्न स्थानमा रहेका बोरिङ र ट्याङ्करहरुको छड्के अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा ४० प्रतिशत ट्याङ्करहरुले तोकिएको मापदण्डअनुसार स्टिकर नटाँसेको पाइएको छ । मन्त्रालयले पिउने पानीका लागि निलो स्टिकर, घरायसी प्रयोजनका लागि प्रयोग गरिने पानीका लागि हरियो स्टिकर र अन्य प्रयोजनको पानीका लागि पहेंलो स्टिकरको व्यवस्था गरेकोमा ४० प्रतिशत ट्याङ्करहरुले स्टिकरको प्रयोग नगरेका हुन् ।

अन्य प्रयोजन र घरायसी प्रयोजनका लागि प्रयोग हुने पानी पिउने पानी भन्दै बेच्न थालिएको सूचनाका आधारमा मन्त्रालयले बोरिङ र ट्याङ्करहरुको छड्के गरेको हो । छड्केका क्रममा सरकारको मापदण्ड पूरा नगर्ने केही बोरिङ र ट्याङ्करहरुका कागजात टोलीले नियन्त्रणमा लिएको छ ।

टोलीले सरकारले तोकेको स्टिकर प्रयोग गर्न र जुन प्रयोजनका लागि अनुमति लिइएको हो, त्यही प्रयोजनका लागि मात्र पानीको बिक्री, बितरण गर्न सम्बन्धित बोरिङ र ट्याङ्करहरुलाई चेतावनीसमेत दिएको छ । अनुगमनका क्रममा स्थानीयले बोरिङ र ट्याङ्करहरुले फोहोर पानी बेचेको, प्रशोधन नगरेको, मसानघाटको पानी सिधै ट्याङ्करमा भर्ने गरेको मन्त्री मगरसँग गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group