ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैँमा घर जाने यात्रु टिकट लिन आएका यात्रु रित्तो हात फर्के


एबीसी न्यूज
५ आश्विन २०७५, शुक्रबार   ८ : २०   बजे

काठमाडौँ, ५ असोज ।  नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्कनुपरेको हो ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहनविक्रम केसीले एकबिहानै टिकट लिन नयाँ बसपार्क आएका यात्रु टिकट नपाएपछि फर्किनुपरेको जानकारी दिनुभयो । “टिकट लिन आएका १०/१५ यात्रु अहिलेसम्म फर्किसकेका छन्”, उहाँले भन्नुभयो ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भदौ ३१ गते असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो । सोहीअनुसार आजदेखि खुल्नुपर्नेमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले चाडवाडको मुखमा आएर १० दिनको बीचमा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायी तथा यात्रु मारमा परेको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्मका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले असोज २ गते नै विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए अग्रिम बुकिङ खुला नगर्ने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढी प्रभावित ६०२ जनाको हेलिकप्टरबाट उद्धार

बाढीपीडितका लागि बेलायतद्वारा ८५ करोड रुपैयाँ सहायता घोषणा

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu