ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ४ : ३५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवा र नुवाकोटमा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै जलवायुजन्य जोखिम न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच तत्काल त्रिदेशीय सहकार्य आवश्यक रहेको बताएका छन्।

भारतीय सञ्चारमाध्यम एनडीटीभीले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै लामिछानेले हिमालय क्षेत्रसँग जोडिएका तीन देशबीच सीमापार तथ्यांक आदानप्रदान, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यका लागि प्रभावकारी साझेदारी आवश्यक भइसकेको बताएका हुन्।

उनले रसुवाको भोटेकोसी तथा नुवाकोटको त्रिशूली नदीतटीय क्षेत्रमा आएको बाढीले ठूलो मानवीय क्षतिका साथै जलविद्युत् आयोजना, सडक, पुल तथा बस्तीमा गम्भीर असर पुर्‍याएको बताए।

लामिछानेले संकटको घडीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई टेलिफोन गरी ऐक्यबद्धता जनाएको र राहत सामग्री पठाएकोप्रति आभार व्यक्त गरेका छन्।

“नदी र बाढीले राजनीतिक सीमा हेर्दैन,” उनले भने, “नेपाल, भारत र चीन तीन फरक देश भए पनि हामी एउटै हिमाली भूगोल र नदी प्रणालीमा जोडिएका छौँ।”

उनले हिमालय क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेका कारण प्राकृतिक विपत्तिको जोखिम बढ्दै गएको उल्लेख गर्दै यस्तो जोखिमसँग जुध्न तीन देशबीच संस्थागत सहकार्य आवश्यक रहेको बताए।

उनका अनुसार सीमापार जल तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदान, सम्भावित जोखिमको समयमै जानकारी र प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्न नेपाल, भारत र चीनबीचको सहकार्य अपरिहार्य छ।

लामिछानेले देश अहिले ठूलो विपत्तिको पीडामा रहेकाले कार्यक्रमको पूर्वनिर्धारित विषय ‘आकांक्षी नेपाल र उदाउँदो भारत’ मा विस्तृत रूपमा चर्चा गर्न नसकेको पनि बताएका थिए।

उनले विपद्को समयमा सहयोग र ऐक्यबद्धता जनाउने अन्तर्राष्ट्रिय समुदाय, उद्धारकर्मी तथा कार्यक्रम आयोजकप्रति समेत धन्यवाद व्यक्त गरेका थिए।

हिमालय क्षेत्रबाट उत्पन्न हुने नदी प्रणाली नेपाल हुँदै भारततर्फ प्रवाह हुने र उत्तरी क्षेत्रमा चीनसँग जोडिने भएकाले जलवायु परिवर्तन, हिमनदी पग्लने, बाढी तथा अन्य प्राकृतिक विपत्तिको जोखिम कुनै एक देशको सीमाभित्र मात्र सीमित नरहने लामिछानेको भनाइ थियो।

उनले पछिल्लो बाढीपहिरोले सीमापार प्राकृतिक जोखिमको सामना गर्न साझा सूचना प्रणाली, वैज्ञानिक तथ्यांकको आदानप्रदान तथा समन्वित विपद् प्रतिकार्य संयन्त्र आवश्यक रहेको सन्देश दिएको बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढी प्रभावित ६०२ जनाको हेलिकप्टरबाट उद्धार

बाढीपीडितका लागि बेलायतद्वारा ८५ करोड रुपैयाँ सहायता घोषणा

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम

हिमनदीको विशाल हिस्सा खस्दा नेपाल–तिब्बत सीमामा विनाशकारी बाढी, भूकम्प नभएको विज्ञहरूको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu