ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ४ : ३५   बजे

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध भएका सञ्चार सम्पर्कलाई पुनर्स्थापित गर्न नेपाल टेलिकमले आवश्यक मर्मतसम्भार तथा उपकरण परिचालनको काम तीव्र बनाएको छ।

रसुवा जिल्लाका विभिन्न स्थानमा सञ्चार सेवा सञ्चालन गर्न कम्पनीले न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकोप्टरमार्फत जेनेरेटर, ब्याट्रीलगायत आवश्यक उपकरण पठाएको जनाएको छ।

ती उपकरणको प्रयोगबाट न्यौपानेचौर र राम्चे आसपासका विभिन्न क्षेत्रमा सञ्चार सेवा पुनः सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।

यी क्षेत्रमा सुचारु भयो सेवा

नेपाल टेलिकमका अनुसार केस्पाङ (काउले), ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ तथा क्याङ्जिनलगायत क्षेत्रमा सञ्चार सेवा सुचारु गरिएको छ।

यस्तै, धुन्चेमा पनि सञ्चार सेवा सञ्चालन गर्न आवश्यक जेनेरेटर, इन्धन तथा प्राविधिक कर्मचारी परिचालन गरिएको कम्पनीले जनाएको छ।

नुवाकोटका मदनपुर, बट्टार र विदुर बसपार्क तथा धादिङ जिल्लाअन्तर्गत बैरेनी र ठमेलडाँडामा समेत जेनेरेटर, इन्धन र आवश्यक जनशक्तिसहित सेवा पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ।

६० साइट अझै सञ्चालनमा आउन बाँकी

प्रभावित क्षेत्रमा प्राथमिकता प्राप्त सञ्चार साइटहरूलाई निरन्तर सञ्चालनमा ल्याउन आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरिएको नेपाल टेलिकमले जनाएको छ। हाल सञ्चालनमा रहेका बीटीएस टावरहरूको कभरेज तथा क्षमता विस्तार गरी सेवालाई थप प्रभावकारी बनाउने काम पनि भइरहेको छ।

टेलिकमका अनुसार चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ तथा रसुवाका ३२ मध्ये १३ साइट सञ्चालनमा आउन बाँकी छन्।

चार जिल्लाका कुल १५२ साइटमध्ये हालसम्म ६० वटा साइट पुनः सञ्चालन हुन बाँकी रहेको कम्पनीले जनाएको छ। बाँकी सञ्चार साइटलाई पनि आवश्यक उपकरण, इन्धन र प्राविधिक जनशक्ति परिचालन गरी यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको नेपाल टेलिकमले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढी प्रभावित ६०२ जनाको हेलिकप्टरबाट उद्धार

बाढीपीडितका लागि बेलायतद्वारा ८५ करोड रुपैयाँ सहायता घोषणा

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

हिमनदीको विशाल हिस्सा खस्दा नेपाल–तिब्बत सीमामा विनाशकारी बाढी, भूकम्प नभएको विज्ञहरूको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu