ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्पदा पुनःनिर्माण छिटो गर्नुपर्छ : मन्त्री अधिकारी


bhawani desk
५ आश्विन २०७५, शुक्रबार   २ : ४०   बजे

भक्तपुर, ५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्र अधिकारीले भूकम्पले भत्किएकाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताउनुभएको छ ।

आज पुरातत्व विभाग स्मारण संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले आज विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आयोजना गरेको क्षमा पूजा कार्यक्रममा बोल्दै उहाँले सम्पदा पुनःनिर्माण गर्दा संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक संगठन (युनेस्को) र पुरातत्वको मापदण्डअनुसार निर्माण हुनुपर्ने बताउनुभयो ।

मन्त्री अधिकारीले ढुङ्गेधारासम्मको बाटो र चाँगुनारायण मन्दिरमा बन्न बाँकी रहेको चौघेरा सत्तलको पुनःनिर्माण छिटो गर्न मन्त्रालयलये पहल गर्ने आश्वासन दिनुभयो ।

उहाँले भक्तपुर जिल्लाका प्रत्येक सरकारी कार्यालयले यस मन्दिरको पहिला र अहिलेको तस्वीर राख्नुपर्र्ने सुझाव दिनुभयो । मन्त्री अधिकारीले जनस्तरको आयआर्जनमा टेवा पुग्ने गरी स्थानीयस्तरबाट पर्यटन प्रवद्र्धनको कार्य अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सम्पदाको पुनःनिर्माण छिटो गर्न मन्त्रालयले पहल गरिरहेको बताउनुभयो । चाँगुनारायण–४ का वडाअध्यक्ष बुद्धिलाल महर्जन यहाँको चौघेरा सत्तल पुनःनिर्माण नहुँदा तीर्थयात्रीलाई बस्ने ठाउँ नभएको बताउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक डा भेषनारायण दाहालले काठ अभावका कारण पुनःनिर्माणमा समस्या आइरहेको बताउनुभयो । भूकम्पले भत्किएका मन्दिरको पुनःनिर्माण सम्पन्न पछि सरकारी पूजासहित मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले तान्त्रिक एवं धार्मिक विधिअनुसार क्षमा पूजा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

Deepening Industry–Education Integration and Cultivating Youth Talent

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu