ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असंलग्न अभियान शान्तिको संस्कृतितर्फ अभिप्रेरित गर्ने : परराष्ट्रमन्त्री ज्ञवाली


bhawani desk
११ आश्विन २०७५, बिहिबार   १२ : १६   बजे

न्युयोर्क, ११ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असंलग्न अभियानको सिद्धान्तले यसका सदस्यहरूलाई शान्तिको संस्कृतितर्फ अभिप्रेरित गर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घको मुख्यालयको अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा आज सहभागी हुँदै मन्त्री ज्ञवालीले उक्त कुरा बताउनुभएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले आज जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकमा उहाँले यस अभियानका सदस्यहरूले एकतामा आबद्ध भई कसैलाई पनि पाखा नपारी शान्त विश्व निर्माण गर्न योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री ज्ञवाली आजै अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा पनि सहभागी हुनुभयो । उक्त बैठकमा उहाँले गरीबी, असमानता, बेरोजगारी, मौसम परिवर्तन, प्राकृतिक प्रकोप तथा आन्तरिक द्वन्द्व अति कम विकसित मुलुकका प्रगतिमा बाधा भएको बताउनुभयो ।

उहाँले अति कम विकसित मुलुकको विकासको मार्ग मन्द, लामो, व्यापक अर्थ लाग्ने भएको बताउँदै ती मुलुकको आन्तरिक प्रयासलाई सहयोग गर्न पर्याप्त अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको उल्लेख गर्नुभयो ।

यसैगरी परराष्ट्रमन्त्री ज्ञवाली आज भियतनामको स्वतन्त्रता दिवसका अवसरमा आयोजित स्वागत समारोहमा सरिक हुनुभयो । उहाँले भियतनामका हालै दिवङ्गत हुनुभएका राष्ट्रपति त्रान दाई क्वानप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

मन्त्री ज्ञवालीले आजै दिगो विकासका लक्ष्य कार्यान्वयनमा चीनले गरेको योगदानको प्रदर्शन अवलोकन गर्नुभयो । उक्त प्रदर्शन चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गर्नुभएको हो ।

यसैगरी परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले पारमाणविक हतियार पूर्ण अन्त्य दिवस मनाउन आयोजना गरिएको एक समारोहलाई सम्बोधन गर्नुभयो । उहाँले नेपालले आम विनाशकारी हतियारका साथै अन्य हतियारको निःशर्त अविस्तारको सिद्धान्त अवलम्बन गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group