ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन भ्रमण फलदायी बन्यो : मुख्यमन्त्री शाही


एबीसी न्यूज
१३ आश्विन २०७५, शनिबार   ३ : ३६   बजे

सुर्खेत, १३ असोज । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पहिलो चीन भ्रमण उपलब्धिमूूलक भएको बताउनुुभएको छ ।

साताव्यापी चीन भ्रमणपश्चात् आज सुर्खेत आइपुुग्नु भएका मुुख्यमन्त्री शाहीले पत्रकारसँग कुराकानी गर्दै चीन भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि उपलब्धिमूलक भएको जानकारी दिनुभयो ।

“भ्रमण अन्तर्राष्ट्रिय लगानीको वातावरण बनाउन निकै फलदायी बन्यो,” उहाँले भन्नुुभयो, “हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्रारम्भिक सहमति भएको छ ।

मुख्यमन्त्री शाहीले भन्नुभयो, “चाइना रेलवे कम्पनीसँग भएको प्रारम्भिक सहमति बमोजिम सम्भाव्यता अध्ययन भएलगत्तै प्रतिवेदन प्रदेश सरकारलाई बुुझाउँछ र केन्द्र सरकारसँगको सम्झौतापछि यो द्रुतमार्ग निर्माणको काम अगाडि बढ्छ ।”

हिल्सा–जमुनाहा द्रुतमार्ग कर्णाली विकास र समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले यसलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

मुख्यमन्त्री शाहीले भ्रमणका क्रममा कर्णाली एयरलाइन्स स्थापना, पर्यटन पूूर्वाधारको विकास, जडीबुटी प्रशोधन, जलविद्युत् विकास, आन्तरिक तथा प्रादेशिक विमानस्थल निर्माणलगायतका महत्वपूर्ण विषयमा त्यहाँका प्रान्तीय सरकार तथा लगानीकर्तासँग छलफल भएको जानकारी पनि दिनुभयो ।

यसैगरी द्विदेशीय सीमा नाका निर्माणका बारेमा पनि चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल भएको उहाँले बताउनुभयो ।

सिचुुवान प्रान्तका गभर्नर यिन लिको औँपचारिक निमन्त्रणामा गतसाता चार सदस्यीय टोलीसहित चीन प्रस्थान गर्नुभएका मुख्यमन्त्री शाही त्यहाँ सम्पन्न १७ औँ वेष्टर्न चाइना इन्टरनेश्नल फेयर तथा बेल्ट र रोड डेभलेपमेन्ट कन्फेरेन्समा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Russian-Bound Turkish Cargo Ship Damaged in Black Sea Drone Strike

Russia Accuses Ukraine of Targeting Civilian Vessels in Black Sea

Ceuta Residents Demolish Migrant Camps Amid Escalating Protest

Denmark to Compensate Greenlandic Women Over Decades-Long Contraceptive Abuse

Pentagon Uncovers Hidden Files Related to Afghanistan Withdrawal

UK Expected to Ban Goods from Israeli Settlements, Drawing Widespread Support

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu