ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि पीडितको साथी प्रहरी कार्यक्रम शुरु


एबीसी न्यूज
१५ आश्विन २०७५, सोमबार   १० : ०१   बजे

भद्रपुर, १५ असोज । झापा जिल्लाका सबै प्रहरी कार्यालयमा अपराध पीडितलाई सहयोग पु¥याउने उद्देश्यले आजदेखि ‘पीडितको साथी प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको छ ।

कुनै पनि घटना वा अपराधबाट पीडित व्यक्तिले प्रहरीमा उजुरी दिएपश्चात् ‘पीडितको साथी प्रहरी’ कार्यक्रमअन्तर्गत घरै बसेर आफ्नो उजुरीको सुनुवाइ के कसरी भइरहेको छ भन्ने जानकारी फोनमार्फत पाउने व्यवस्था मिलाइएको छ ।

‘पीडितको साथी’ उल्लेख भएको भोटो लगाएर प्रहरी कार्यालय परिसरमा प्रहरी चौबीसैँ घण्टा उपस्थित रहने र उनीहरुले पीडितलाई सहायता पु¥याउने जिप्रकाका उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रम पीडितमैत्री हुनेछ ।

झापा जिल्लाको प्रहरीलाई नमूना प्रहरी बनाउने उद्देश्यले शुरु गरिएको यस अभियानमा कुनै घटना वा अपराधमा पीडितको निवेदन परेपछि त्यसअनुसारको अनुसन्धान शुरु भएको, पीडक पक्राउ परेको, पीडित पक्षको प्रमाण जुटाएको, साक्षी बोलाएको, पीडकको बयान लिएको, अनुसन्धान दह्रो बनाएर अदालतसम्म पु¥याएको, अदालतले तारेख, धरौटीमा छाडेको वा थुनामा राखेको आदि विषयमा प्रहरीले सम्बन्धित पीडितलाई टेलिफोनबाट जानकारी दिने भएको छ ।

झापामा शुरु गरिएको यस कार्यक्रमले विशेष गरी गम्भीर प्रकृतिका घटना, जबर्जस्ती करणी, कर्तव्य ज्यान, अपहरण, चोरी डाँकालगायत र सामान्य ठाडो निवेदनवाला पीडितलाई ठूलो राहत मिल्ने उपरीक्षक ढकालको विश्वास छ । जिल्लामा रहेका प्रहरीका ७९ वटा प्रहरी कार्यालयमार्फत यो कार्यक्रम लागू गरिएको उपरीक्षक ढकालको भनाइ छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Russian-Bound Turkish Cargo Ship Damaged in Black Sea Drone Strike

Russia Accuses Ukraine of Targeting Civilian Vessels in Black Sea

Ceuta Residents Demolish Migrant Camps Amid Escalating Protest

Denmark to Compensate Greenlandic Women Over Decades-Long Contraceptive Abuse

Pentagon Uncovers Hidden Files Related to Afghanistan Withdrawal

UK Expected to Ban Goods from Israeli Settlements, Drawing Widespread Support

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu