ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजपाले माओवादीसँग माफी माग्यो


admin
२४ भदौ २०७४, शनिबार   १२ : १०   बजे

काठमाडौं, २४ भदौं । संघीयताको मुद्धालाई स्थापित गरेर कार्यान्वयन गर्ने मुख्य शक्ति नेकपा माओवादी केन्द्र नै हो । र, मधेसवादी दलले त्यही संघीयताको मुद्धा अघि सारेर माओवादीको पछि–पछि आन्दोलन गरिरहेको सत्य हो । यो अर्थमा, माओवादी र मधेसवादीको मुद्दा एउटै हो । तर, केही दिन अगाडी भने राष्ट्रिय जनता पार्टीले माओवदीलाई संघीयता विरोधी कित्तामा राख्यो । जुन कुराको चौतर्फी आलोचना भयो । अन्तत राजपाले आफ्नो गल्ती स्वीकार्दै माओवादीसँग माफी मागेको छ ।

केही दिन अगाडी राष्ट्रिय जनता पार्टीले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको थियो । जुन घोषणापत्रमा नेपाली राजनीतिलाई व्याख्या गर्ने प्रयत्न गरिएको छ । जारी घोषणा पत्रमा कांग्रेसलाई मधेश मैत्री नभएको आरोप लगाइएको छ भने एमालेलाई मधेशी र संघीयताको प्रखर विरोधीका रुपमा चित्रण गरिएको छ । अधिनायक र सर्वसत्तावादमा विश्वास राख्ने हुनाले माओवादी केन्द्रको मुल चरित्र संघीयता विरोधी रहेको राजपाको घोषणापत्रमा उल्लेख छ । संघीयताकै लागि संघर्ष गरेको माओवादीलाई नै संघीयता विरोधी भनिएपछि राजपाको व्यापाक आलोचना भयो । अन्तत: राजपा माओवादीसँग माफी माग्न बाध्य भएको छ । राजपाका अध्यक्ष मण्डल सदस्य शरदसिंह भण्डारीले माओवादीलाई संघीयता विरोधी कित्तामा राख्नु गल्ती भएको भन्दै माफी मागेका हुन ।

एबीसी न्यूजको कार्यक्रम आउट लुकमा कुरा गर्दै अध्यक्ष मण्डलका सदस्य भण्डारीले नेकपा माओवादी केन्द्र र मधेस आन्दोलनको सम्बन्धबारे लामो व्यख्या गरेका छन् । गौर हत्याकाण्ड लगायतका घटना स्मरण गर्दै नेता भण्डारीले पछिल्लो समय माओवादी र मधेसवादीबीचको सम्बन्ध अत्यन्तै राम्रो रहेको दावी समेत गरेको छन् । माओवादी संघीयता विरोध भए मधेसवादी दल पनि त्यही कित्ताको हुने व्यख्या गर्दै नेता भण्डारीले मुद्धा मिल्ने पार्टी नै माओवादी रहेको दावी गरेका छन् ।

माओवादीलाई संघीयता विरोधी भनिएपछि घोषणापत्र सार्वजनिक गर्ने क्रममा राजपाका नेताहरुबीच मत बाझिएको थियो । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले माओवादी केन्द्र लोकतान्त्रिक दल भएकोले संघीयता विरोधी भन्न नमिल्ने बताएका थिए । अध्यक्ष मण्डलका अन्य सदस्यहरुले समेत माओवादी प्रतिको व्यख्या गलत भएको भन्दै घोषणापत्र लेख्नेहरुको आलोचना गरेका थिए । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य शरदसिंह भण्डारीसँग गरिएको कुराकानी आज सनिबार राती ९ बजे कार्यक्रम आउट लुकमा हेर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group