ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीका सबै वडामा ज्येष्ठ नागरिक विश्रामस्थल


admin
१६ आश्विन २०७५, मंगलबार   ४ : ०८   बजे

 

पर्वत, १६ असोज । ज्येष्ठ नागरिकलाई दिउँसो पुनर्मिलन गराउनका लागि यहाँको एक गाउँपालिकाले ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण अभियान थालेको छ ।

मोदी गाउँपालिकाका सबै वडामा ज्येष्ठ नगारिक विश्रामस्थल बनाइने भएको हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको दैनिकीलाई सहज बनाउने उद्देश्यले गाउँपालिकाका सबै वडामा एक एक विश्रामस्थल बनाउन लागिएको जनाएको छ । विश्रामस्थल निर्माणको शुरुआत भने मोदी गाउँपालिका–५ बाजुङबाट गरिएको छ ।

अनुभव र योगदानले भरिएका ज्येष्ठ नागरिकको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएकाले यस्तो अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो । पौडेलले गाउँपालिकाले महिला, बालबालिका र ज्येष्ठ नागरिकको हकहितका लागि चालू आर्थिक वर्षमा विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

गाउँपालिकाले विश्रामस्थल निर्माणका लागि पहिलो चरणमा वडा नं ५ बाजुङका लागि रु तीन लाख विनियोजन गरेको थियो । गाउँपालिका प्रवक्ता विमल लामिछानेका अनुसार आगामी वर्षदेखि सबै वडामा विश्रामस्थललाई व्यवस्थापन गर्ने गरी बजेट विनियोजन गरिनेछ ।

ज्येष्ठ नगारिकले समाज र देशका लागि पु¥याएको योगदानको कदरसमेत हुने गरी विश्रामस्थल निर्माण गर्ने अभियान गाउँपालिकाले सञ्चालन गरेको लामिछानले बताउनुभयो । “आजको समाज निर्माणमा सबै अग्रजको योगदान छ”, लामिछानले भन्नुभयो, “अग्रजको बलिदानीपूर्ण सङ्घर्षका कारण आजको समाज स्थापना भएको हो ।”

सङ्घीय सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तामार्फत सहयोग गर्दै आएकाले स्थानीय तहबाट भने विश्रामस्थल निर्माण गरी ज्येष्ठ नागरिकका अनुभव सुन्ने र दिनचर्या कटाउन सहज बनाउने गाउँपालिकाको योजना रहेको लामिछानेको भनाइ छ ।

मोदी गाउँपालिकामा आठ वडा छन् । बाजुङबाट ज्येष्ठ नागरिक दिवसका अवसरमा सोमबारदेखि शुरुआत भएको योजना सबै वडामा विस्तार गरी एक वडा एक ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण अगाडि बढाइने गाउँपालिकाले जनाएको छ । यस वर्ष वडा नं ५ मा तयार हुनेछ भने आगामी वर्ष आठ वटै वडामा निर्माण गरिने गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यसअघि सदरमुकाम कुश्माबजारस्थित कुश्मा नगरपालिका–५ ले ज्येष्ठ नागरिक विश्रामस्थल सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group