ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माटोको भाँडा बनाउँदैमा ५० वर्ष बित्यो गाजुराम थारूको


admin
१८ आश्विन २०७५, बिहिबार   ५ : २६   बजे

दाङ १८ असोज। मोटोका भाँडा बनाउँदैमा गाजुराम थारूको ५० वर्ष बित्यो । उमेरले ६५ कटेपनि गाजुराम अझै यही पेशामा रमाइरहनुभएको छ ।

दाङको गढवा गाउँपालिका पत्रेङ्गा गाउँ निवासी गाजुराम मात्र होइन उहाँका सातभाइ छोरा यही माटोको भाँडा बनाउने पेशा अपनाएर जीवनयापन गर्दै आइरहेका छन् । विदेश गएर भन्दा आफ्नै जन्मभूमिको माटोमा काम गर्दा राम्रो हुन्छ भनेर आफूले छोराहरुलाई यही पेशालाई निरन्तरता दिन सुझाव दिएको उहाँले बताउनुभयो ।

यही पेशाबाट परिवार पाल्न सकिने र आम्दानी हुने देखेर छोड्न पनि नसकेको उहाँले थप्नुभयो । उहाँले भन्नुभयो, “जग्गा जमीन केही छैन, मेरो पनि छैन, बाबु बाजेको पनि थिएन, छोराको पनि छैन, तर यही माटोको भाँडा बेचेर धेरै पुस्ता बाँचिसक्याँै ।”

गाजुरामसहित छोरा, बुहारी घैँटा, भुर्की, ठेकी, कोशी, गमला, खुर्तुके, पालालगायतका भाँडा बनाउन व्यस्त देखिन्छन् । महीनामा रु १० हजारदेखि १५ हजारसम्म भाँडा बेचेर आम्दानी गरीरहेको गाजुरामले सुनाउनुभयो ।

छोराहरुले भने माटाको भाँडा बनाएर अझै बढी आम्दानी गर्ने उहाँको भनाइ छ ।
कुमाले गाउँ भनेर चिनिने पत्रेङ्गाका अगुवासमेत रहनुभएका गाजुरामको परिवारले गाउँभरि सबैभन्दा धेरै भाँडा बनाउँने गर्छन् ।

सो गाउँमा अहिले करीब ३५ घर परिवार कुमाल छन् । सबैको पेशा माटोका भाँडा बनाएर बेच्नु हो । आधुनिकीकरणसँगै बजारमा प्लाष्टिक तथा अन्य भाँडाको प्रचलन बढेपछि माटाका भाँडा बिक्न छोडेको भन्ने उहाँलाई खासै पत्यार भने लाग्दैन । “विसं २०५५-५६ सालसम्म धेरै बिक्थ्यो, त्यसपछि पनि एक दुई साल केही कम भयो तर अहिले पनि हाम्ले त बेचिरहेका छौँ”, उहाँले भन्नुभयो ।

विद्यालय पढेका युवायुवतीले भने माटोको भाँडा बनाउन लजाउने गरेको भन्दै गाजुरामले थप्नुभयो “पढायो पढायो, काम गर भन्दा मान्दैनन्, पढे लेखेकाले माटो मुछ्न लजाउँछन्, त्यसैले गाउँमा भाँडा बनाउने घटेका छन्”, उहाँले भन्नुभयो । गाजुरामका कुनै पनि छोराले पढेका छैनन् । “म पनि औँठाछाप हुँ, छोराहरु पनि औँठाछाप हुन् शायद पढेको भए, मैले नि माटोका भाडा बनाउने थिएन कि ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा सरकार गठनका लागि तीन दलबीच ६ बुँदे सहमति

पर्सामा ट्र्याक्टरबाट खसेर किचिँदा १७ वर्षीय किशोरको मृत्यु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu