ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले समयमै काम नसक्नेलाई म्याद थप गर्नु हुदैन : अध्यक्ष राणा


admin
२० आश्विन २०७५, शनिबार   ५ : ३५   बजे

दाङ,२० असोज । नेपाल निर्माण ब्यवसायी महासंघ प्रदेश ५ का नवनिर्वाचित अध्यक्ष वलिभद्र रानाले सरकारी नितिका कारण निर्माण ब्यवसायी समस्यामा परेको बताउनु भएको छ ।

रिपोर्टर्स क्लव नेपाल दाङले शनिवार तुलसिपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका अध्यक्ष रानाले सरकारको फीतलो नितीका कारण ब्यवसायी समस्यामा परेको बताउनु भएको हो ।

उहाँले राम्रो काम गर्ने निर्माण ब्यवसायिहरुलाई पुरस्कृत र गलत गर्नेलाई कडा कारवाही गर्ने निति नवन्दासम्म समस्या समाधान नहुनेमा जोड दिनु भयो । अध्यक्ष रानाले पछिल्ला केही वर्ष यता विकास निर्माणमा ढिला सुस्तिका खवरहरु सार्वजनिक भएको प्रति चिन्ता ब्यक्त गर्दै निर्धारीत समयमै काम नगर्ने निर्माण ब्यवसायीलाई सरकारले कारवाही गर्न सक्नुपर्ने विचार ब्यक्त गर्नु भयो ।

सरकारी नितिकै कारण पनि विकास निर्माणका धेरै कामहरु समयमै सम्पन्न नहुने भन्दै उहाले समयमै बजेट नआउने, सरकारी कार्यालय विच समन्वय नहुँदा र अन्य काम गर्नेक्रममा आइपर्ने समस्या समाधानका लागि सरकार गम्भिर नवनेका कारण पनि जनअपेक्षा अनुरुप विकास निर्माणले गति लिन नसकेको बताउनु भयो ।

उहाँले सरकारले टेण्डर आह्रवान गर्दा एकै ब्यक्तिलाई धेरै काम दिने र समयमै काम नगरेपनि म्याद थप्ने प्रबृत्तिका कारण पनि विकास निर्माणमा सम्वन्धित निकायको लापरवाही देखीएको समेत उल्लेख गर्नुभयो ।

रिपोर्टर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै अध्यक्ष रानाले प्रदेश ५ मा निर्माण ब्यवसायीहरुले नमुना योग्य काम गरेर देखाउने बताउनु भयो ।

त्यसका लागि प्रदेश ५ को निर्माण ब्यवसायीहरुको भेला दाङमा आयोजना गरीएको र भेलावाट प्रदेश ५ को सरकारसंग सहकार्य गरी प्रदेशमा दिगो विकास र समयमै काम सम्पन्न गर्ने गरी निति नियम बनाउने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group