ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिविरमा पन्ध्र सयको स्वास्थ्य परीक्षण


admin
२१ आश्विन २०७५, आइतबार   ११ : १०   बजे

राजविराज, २१ असोज । सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा शनिबार आयोजित एकदिने बृहत स्वास्थ्य शिविरमा एक हजार ५०० को स्वास्थ्य परीक्षण गरिएको छ ।

न्यूरो अस्पताल विराटनगरको प्राविधिक सहयोग तथा सप्तकोशी नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक हजार ५०० सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

न्यूरोलोजिस्ट डा वीरेन्द्र विष्ट, न्यूरोसर्जन डा यमबहादुर राना, हाड जोर्नी डा नवीन कर्ण, डा सुदीप खनिया, डा समर्थ सिंह, डा राजीव श्रेष्ठ, केशरबहादुर गुरुङ, फिजिसियन डा नारायणी रोका, आँखा रोग डा रेनुका राठी, स्त्री तथा प्रसूति रोग डा सुरेशप्रसाद साह, बालबालिका डा अमितप्रताप साह, दन्त रोगलगायतकाले उक्त ठाउँमा सेवा प्रदान गरिएको न्यूरो अस्पतालका प्रमुख वीरेन्द्र विष्टले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले वर्तमान जीवनशैलीमा उच्च रक्तचापको बारेमा विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगितासमेत आयोजना गरिएको थियो । प्रतियोगितामा पहिलो कक्षा १० का मनोज साह, दोस्रो अभिषेक कार्की र तेस्रो दिपीका चौधरी भएका छन् ।

पहिलो, दोस्रो तेस्रो हुनेलाई न्यूरो अस्पतालले क्रमशः रु तीन हजार, दुई हजार र एक हजार पुरस्कार वितरण गरेको सप्तकोशी नगरपालिकाका नगरप्रमुख उत्तमकुमार शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 रसुवा बाढी : ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोली सम्पर्कविहीन(भिडियो)

भोटेकोशी बाढीपीडितको उद्धारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu