लुम्बिनी २० असोज । बिपक्षी दलहरु द्वारा सरकार आलोचना भईरहेको बेला राष्ट्रिय सभासदस्य खिमलाल भट्टराईले कम्युनिष्ट नेतृत्व सरकारको योजना सम्बृद्ध नेपाल बनाउने कार्यदिशामा अघि बढिरहेको बताएका छन ।
सो कुरा उनले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १० सामुदायिक बहुसञ्चार केन्द्र लुम्बिनीको दोस्रो साधारण सभा समारोहलाई सम्बोद्धन गर्दै बताएका हुन ।
सत्तारुढ दल कम्युनिष्ट केन्द्रीय समेत रहेका नेता भट्टराईले नेपाललाई सम्बृद्ध बनाउन २२ वटा राष्ट्रिय गौरवका योजनाहरु एकै साथ सरकारले अगाडी बढाउनुका साथै निजगढ बिमान स्थल र अन्र्तराष्ट्रिय गौतमबुद्ध बिमान स्थल फास्ट ट्रयाकमा काम भईरहेको हुदा जूनमाहनामा भैरहवाबाट हवाईले अन्र्तराष्ट्रिय उडान भर्ने जानकारी गराए ।
उनले कम्युनिष्ट नेतृत्व सरकारको काम कार्यवाही देखेर छिमेकी राष्ट्रभारत र चीन सकरात्मक भई गंगानदी देखि कोषीनदी सम्म पानी जहाज चलाउने योजना समझौता हुनुका साथै मेचीमहाकाली रेलसेवाका लागि कोरियन र चीनिया कम्पनीले प्रारम्भिक अध्यनअनुसन्धानको जिम्मा दिईएको बताए ।
अर्को प्रसंगमा कम्युनिष्ट नेता भट्टराईले सुनतस्कर र समयमा काम नगर्ने ठेकेदारहरुलाई तह लागाउन मन्त्री फेरिन सक्ने तर सरकारका योजनाहरु नफेरिने स्पष्ट पारे ।
रेसलिङखेलमा पहिला बलियाले कुटाई खादा दुब्लोले पीटे जस्तै सुनतस्कर तथा ठेकेदारहरुलाई लागेको हुदा दशै तिहार पछाडी तिनी बिरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने नेता भट्टराईले चेतावनी समेत दिए ।
प्रतिक्रिया दिनुहोस्