ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय खानालाई समेट्न सातै प्रदेशमा कार्यालय


admin
२२ आश्विन २०७५, सोमबार   २ : ११   बजे

काठमाडौं,२२ असोज । सेफ्स एशोसियशन अफ नेपालले नेपाली मौलिक खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सातै प्रदेशमा कार्यालय स्थापना गर्ने भएको छ ।

एशोसियशनको २४औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा स्थानीयस्तरको खानालाई समेट्नका लागि प्रदेशस्तरीय कार्यालय स्थापना गर्न लागेको जानकारी दिइयो ।

एशोसियशनका अध्यक्ष श्रीराम अधिकारीले नेपालमा धेरै जाति, जनजाति रहेकाले प्रत्येक जातजातिका विविध खाना र परिकारलाई समेट्न कार्यालय स्थापना गर्न लागेको जानकारी दिनुभयो । “नेपालका सबै खानालाई समेट्न सेफ्स एशोसियशनले सो सँग सम्बन्धित सङ्ग्राहलय बनाउने लक्ष्य राखेको छ”, उहाँले भन्नुभयो ।

एशोसियशनले नेपालका २६ प्रकारका खानालाई विश्वमा चिनाउन लागिपरेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन सरकारले राखेको लक्ष्य पूरा गर्न एशोसियशनले टर्की, अष्ट्रेलिया, भारत, जापान, चीनलगायतका मुलुकमा नेपाली खानाको प्रचार गर्न लागेको छ ।

एशोशियसनका महासचिव उद्धव थापाले विदेशबाट नेपाल घुम्न आएका पर्यटकलाई नेपाली मौलिक खानामा आकर्षण गर्न सेफ्स एशोसियशन लागेको बताउनुभयो । “नेपाल घुम्न आउने विदेशीले विदेशी खाना आफ्नै देशमा खाने हुँदा नेपाली खानालाई प्रोत्साहन गर्न सक्नुपर्छ, यसका लागि हामी लागिपरेका छौँ”, उहाँले भन्नुभयो ।

नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न एशोसियशनले विस २०७६ को वैशाखमा भक्तपुर दरबार क्षेत्रमा खाना महोत्सवको आयोजनासमेत गर्न लागेको छ ।

यस्तै आगामी असोज २६ गते शुक्रबारदेखि भारतको अमृतसरमा हुन लागेको ‘वल्र्ड हेरिटेज कुजीन समिट–२०१८’ मा नेपाली मौलिक खानालाई प्रदर्शन गर्न लागेको एशोसियशनले जनाएको छ । सन् १९९६ मा स्थापना भएको एशोसियशनमा हाल दुई हजारभन्दा बढी सदस्य रहेका छन् । जसमा पाँचतारेदेखि सामान्य होटलमा काम गर्ने सेफ आबद्ध रहेका छन् ।

एशोसियशनले विदेशी खाना बनाउने सम्बन्धमा विदेशी सेफसँग तालीम लिनुका साथै नेपाली सेफ हुन चाहने व्यक्तिलाई तालीम प्रदान गर्दै आइरहेको एशोसियशनका उपाध्यक्ष रेशम लामाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : घाइते सात जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत काठमाडौं ल्यायो

भोटेकोसी बाढीमा नुवाकोटमा ठूलो मानवीय क्षति, विवरण संकलन हुँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu